प्रदेश ५

मंगलबार रुपन्देहीमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि

बुटवल : आज रुपन्देहीमा थप ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा २६ जना महिला र ३२ जना पुरुषमा गरि थप ५८ जनामा संक्रमण देखिएको हो ।

संक्रमित मध्ये बुटवल उपमहानगरपालिकाका ३० जना, सिद्धार्थनगर नगरपालिकाका ८ जना, कञ्चन गाउँपालिकाका ६ जना, रोहिणी गाउँपालिकाका ११ जना र देवदह नगरपालिकाका ३ जना रहेका छन् ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button