समाज

अन्तर्राष्ट्रिय सीमा नाका आगामी असोज ३० गतेसम्म बन्द

काठमाडौं : अन्तर्राष्ट्रिय सीमा नाका आगामी असोज ३० गतेसम्म बन्द गरिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

यसअघि भदौ ३० गते शुक्रवार सम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरिएको थियो ।

नेपालमा गत वर्षको चैत ११ गतेबाट लकडाउन गरेसँगै अन्तर्राष्ट्रिय सीमा नाका समेत बन्द गरिएको थियो । त्यस्तै भारतसँग सिमा जोडिएका १२ वटा नाकाबाट नेपाल प्रवेश गर्नको लागि अनुमति दिइएको उनले बताए ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button