मुख्य समाचार

प्रकृतीले ठगेको सिन्धुपाल्चोक – पहिरोमाथी भूकम्प !

अभिनय कार्की,

दोलखा- काठमाडौं उपत्यका र यसको आसपास भुकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ५ः१९ बजे काठमाडौंबाट उत्तरपूर्वतिर ६३ किलोमिटर टाढा केन्द्र बनाएर १० किलोमिटर गहिरो भुकम्प महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको छ । केन्द्रले सिन्धुपाल्चोकको राम्चेलाई केन्द्र बनाएर बिहान ५ः१९ बजे भुकम्प महसुस गरिएको जनाएको छ ।

यता युरोपियन मेडिटेरियन सिस्मोलोजिकल सेन्टरले नेपाल र चीनको सीमाना नजिकै ५.५ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ ।
यसको धक्का महसुस काठमाडौंसहित प्रदेश ३ का सबै भागमा भएको थियो । एकाबिहानै भूकम्प गएपछि काठमाडौं र आसपासका क्षेत्रका हल्लीखल्ली मच्चिएको थियो।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button