विश्व

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो

काठमाडौं : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ९० हजार १२३ नयाँ संक्रमित थपिएसँगै हालसम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख २० हजार ३६० पुगेको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण १ हजार २९० जनाको मृत्यु भएको छ । योसँगै भारतमा हालसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ८२ हजार ६६ पुगेको छ ।

भारतमा ३९ लाख ४२ हजार ३६१ संक्रमित निको भएर घर फर्किसकेका छन् भने हालसम्म ९ लाख ९५ हजार ९३३ जना सक्रिय संक्रमित रहेका छन् ।

संक्रमित संख्याको आधारमा भारतमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने दोस्रो मुलुक हो । पहिलो स्थानमा अमेरिका छ । अमेरिकामा अहिलेसम्म ६६ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button