विशेष

नेपाली काङ्ग्रेसका महामन्त्री डा. कोइराला अस्पताल भर्ना

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । गएराति एक्कासि शरीरको तापक्रम बढेपछि उनलाई ओम अस्पतालमा भर्ना गरिएको हो । 

महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले अस्पताल भर्नाको पुष्टि गर्दै स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

“राति अचानक ज्वरो आएपछि उहाँलाई अस्पताल ल्याएका हौं । स्वास्थ्य अवस्था सामान्य छ,” उनले भने, “केहीबेरपछि अस्पतालले हेल्थ बुलेटिन जारी गरेर विस्तृत जानकारी दिन्छ ।”

महामन्त्री कोइरालालाई गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button