प्रदेश २

मोटरसाइकल दुर्घटनामा सेनाका जमदारको मृत्यु

सिराहा : पूर्व पश्चिम राजमार्गअन्तर्गत सिराहाको धनगढीमाई नगरपालिका १ मेदिनीपुर खण्डमा बुधबार बिहान ५ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका जमदारको मृत्यु भएको छ । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २२ प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा नेपाली सेनाको श्रीबक्स गुल्म अठुंगे ब्यारेक म्याग्दीमा कार्यरत जमदार पेसल पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका जमदार पाण्डेलाई उपचारका लागि लहान ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो । 

खोटाङ् जिल्लाको लामीडाँडा गाउँपालिका ६ हौचुर स्थायी घर भएका जमदार पाण्डे सुनसरी इटहरी उपमहानगरपालिका ४ मा बस्दै आएका परिवारलाई भेट्न जाने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button