स्वास्थ्य

नेपालमा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५८ हजार ३२७ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ४१ हजार ७०६ उपचारपछि निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ छ ।

१० हजार ४९४ जनाको आज पिसिआर परीक्षण भएको छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button