अर्थ बजार

आज सुनको भाउ तोलाको कति ?

काठमाडौं : सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ घटेकाे छ ।

आज छापावाल सुन तोलाको ९६ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजावी सुनकाे मूल्य ९६ हजार १ सय रुपैयाँ कायम भएको छ । हिजाे तेजावी सुन प्रति तोला ९७ हजार रूपियाँमा काराेकार भएको थियाे ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाले घटेको छ । आज चाँदीकाे मूल्य १ हजार ३ सय २० रूपियाँमा काराेबार भइरहेकाे छ । हिजाे चाँदीको मुल्य १ हजार ३ सय ४० रुपैयाँमा काराेबार भएकाे थियाे ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button