व्यक्ति बिशेष

तपाईहरुले चिन्ता नगर्नुहोस् , दुईतीन दिनमा डिस्चार्ज हुन्छु – महामन्त्री कोइराला

काठमाडौं : स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू दुई तीन दिनमै निको भएर डिस्चार्ज हुने बताएका छन् ।

आज अस्पतालबाटै एक भिडियो सार्वजनिक गर्दै उनले आफ्ना शुभचिन्तकहरुलाई चिन्तित नहुन आग्रह गरेका छन् ।

“म कोभिड १९ बाट प्रभावित भएको व्यक्ति। आज म ओम नर्सिङ होमको आइसोलेसनमा छु । तपाईहरुले चिन्ता गर्नुपर्दैन, म दुई तीन दिनमा डिस्चार्ज हुन्छु” उनले भिडियोमा भनेका छन् ।

गत भदौ २३ गते कोरोना संक्रमण पुुष्टि भएपछि कोइराला आफ्नै निजी निवासमा आइसोलेसनमा बसेका थिए । उच्च ज्वरो आएपछि उलाई यही मंगलबार ओम नर्सिङ होमको आइसोलेसनमा भर्ना गरिएको थियो । हाल उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button