पत्रपत्रिकाबाट

त्रिशुलीमा बस खस्यो, ५ को मृत्यु, २८ घाईते

धादिङ : काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेकाे बस धादिङको गजुरी ६ बन्छेटारस्थित त्रिशूली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र ४ जना पुरुष रहेको उद्धारका लागि घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।

आइतबार बिहान ना ७ ख ४३८७ नम्बरको बस सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको हो। मृतकहरुको सनाखत हुन नसकेको गजुरी स्थित प्रहरी निरिक्षक नवराज ढुंगेलले बताए।

दुर्घटनामा २८ जना घाइते छन्। घाइते मध्ये १४ जनालाई उपचारका लागि काठमाडाैं पठाइएकाे छ। अन्यकाेस्थानीय गजुरी, आदमघाट, मलेखु लगायतका अस्पतालहरुमा उपचार भइरहेकाे छ। दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button