प्रदेश १

बिरोधको अनौठो तरिका, रोएरै विरोधमा उत्रिए मोरङ्गका पत्रकार !

विराटनगरः सदाझैं मोरङ जिल्ला प्रशासन अघि सेवाग्राहीको आवातजावत चलिरहेको थियो। कार्यालय खुलेको केही समय मात्र भएको थियो। विभिन्न फाँटमा लामबद्ध भएका सर्वसाधारण विभागीय प्रमुख आउलान् र सेवा लिएरै चाँडै घर फर्किउँला भनेर कुरिरहेका थिए।

जब कार्यालयको गेट बाहिर एक्‍कासी मानिसको एक हुल चिच्याउँदै रोएको ठूलो आवाज आयो। सबैजना आत्तिए। कालो ब्यानार लिएर जिल्ला प्रशासन अघिल्ति उभिएका ति व्यक्ति अरु कोही नभएर पत्रकार थिए।

नेपाल प्रेस युनियनको मोरङ जिल्ला समितिको अगुवाईमा संसदमा पेस भएको मिडिया काउन्सिल हुबहु कानुन बनेर आएमा रुनुपर्ने दिन आउने भन्दै रोएर सांकेतिक विरोध जनाएको अध्यक्ष कुमार लुँइटेलले जानकारी दिए।

‘सरकारले प्रेस स्वतन्त्रता नै कुण्ठित हुने गरी ल्याएको विधेयक संसद्‍बाट हुबहु पारित भए त्यसले पत्रकारलाई रुने अवस्था ल्याउँछ, लुँइटेलले भने, ‘त्यसैको विरोधस्वरुप प्रतिकात्मक रुपमा रुने कार्यक्रम राखिएको हो।’

उनीहरुले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि आधा घण्टा रोएर विरोध गरेका छन्।प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लिलाबल्लभ घिमिरेले यो कानुन पारित भए स्वतन्त्र प्रेस जगतको खिल्लि उड्ने तर्क गरे। सरकारले राम्रा काम गर्न नसकेको भन्दै यसको विरोध गर्छन् भनेर प्रेसलाई ठिक पार्ने रणनीतिमा ओली नेतृत्वको सरकार रहेको टिप्पणी गरे।

‘हत्यारा, गुण्डा, लुटपाट मच्चाउनेलाई ठीक पार्ने नीति खोइ?, उनले प्रश्न गरे, ‘सरकारले जे गर्न नहुने हो त्यही गरिरहेका ष्ट छ।’ नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले प्रेस अधिकार नै हनन हुने कानुनले पत्रकारले गरिखाने बाटो नै बन्द हुने बताए। प्रेसलाई कस्ने र नियन्त्रण गर्ने गलत मनसाय राखेको भन्दै देशभरका पत्रकार आन्दोलित बनेका छन्।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button