जागरण भिडियोविश्व

यी पाकिस्तानी नागरिक जो सिंहसंगै यौटै बेडमा सुत्छन (भिडियोसहित)

घरेलु जनावर पाल्ने व्यक्तिहरूले आफ्नो खाटमा ती जनावर घुस्रिँदा रमाइलो मान्छन् । तर पाकिस्तानका एक व्यक्तिले चाहिँ आफ्नो ओछ्यानमा सिंहलाई घुस्रिन दिने गरेका छन् ।

पाकिस्तानको मुल्तान शहरमा बस्ने जुल्कैफ चौधरीले सिंहको बच्चा ५ महिनाअघि ल्याएका थिए । उनले सिंहलाई आफ्नो घरमा स्वतन्त्र रूपमा घुम्न दिने गरेका छन् ।

बब्बर सिंह अहिले नै ७६ किलोको छ र ऊ दिनकै ७७ किलो काँचो मासु खान्छ ।

आफ्नो भव्य बंगलामा चौधरीले सिंहलाई घुम्न दिने गरेका छन् । सिंहका लागि भव्य खाट र डबल म्याट्रेस छ अनि वातानुकूलित कोठा छ ।

सिंहलाई कहिले पनि सिक्रीले बाँधेर नराख्ने चौधरीले बताए । उनले सिंहलाई कुकुरलाई जस्तो माया गरिरहेका छन् ।

उनले भने, ‘ऊ मेरो सन्तान जस्तै हो । ऊ दुई महिनाको हुँदा मैले ल्याएको थिएँ । ऊ ६ महिनादेखि मसँगै छ । मलाई सिंहहरू एकदमै मन पर्छन् र एउटा सिंह पाल्न खुबै रहर थियो । परिवारलाई नसोधिकन मैले सिंह ल्याएँ अनि बल्ल उनीहरूलाई बताएँ ।’

टोलमा सिंहको उपस्थितिले रौनक छाएको छ । चौधरीका इष्टमित्रहरू सिंहसँग सेल्फी खिचाउन उनको घर आउने गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button