कर्णाली प्रदेशमुख्य समाचार

हावाहुरीमा परि १ को मृत्यु, २६ घाइते

काठमाडौं : कैलाली र कञ्चनपुरमा आएको हावाहुरीबाट एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका मझगाउँका वीरबहादुर चौधरी रहेको प्रहरीले जनाएको छ । यस्तै कैलालीमा हावाहुरीबाट १५ जना घाइते भएका छन् ।

घाइतेको उद्दार गरी स्थानीय अस्पतालमा उपचार थालिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी सुदीप गिरीले जानकारी दिए ।

बिहीबार साँझ साढे ७ बजेतिर हावाहुरी आएको थियो । हुरीले रुखहरु ढल्नाका साथै सयौं घरका छानाहरु उडाएको खबर प्राप्त भएको छ ।

एसपी गिरीले जिल्ला प्रहरी कार्यालयको पर्खाल भत्किनुका साथै होरिङ बोर्ड हुरीले उडाएको जानकारी दिँदै ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध बन्न पुगेको बताए ।

जिल्लाभरी नै हुरीको प्रभाव परेको पनि उनको भनाई छ ।

यता कञ्चनपुरमा पनि हुरीको व्यापक प्रभाव परेको छ । विशेषगरी महेन्द्रनगर र आसपासको क्षेत्रमा हुरीको प्रभाव परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
हुरीबाट ११ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
अहिले प्रभावित क्षेत्रमा सामान्य वर्ष भइरहेको भएपनि हुरी भने आउन रोकिएको छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button