रोकिएको मेलंची आयोजना फेरी सुरु

Bijay Gyawali ५ असार २०७६, बिहीबार १६:५४

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम फेरि सञ्चालन भएको छ ।
केही महिनादेखि ठप्प रहेको यस आयोजनाको कामलाई तीव्र गतिले अगाडि बढाउन खानेपानी मन्त्रालय अन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले गृहकार्य गरिरहेको छ । 
सुरुङभित्र गरिने भेन्टिलेसन शाफ्टको कामलाई समितिले अगाडि बढाएको छ भने सुन्दरीजलमा बढी भएको पानी वाग्मतीमा खसाल्ने आउटफलको काम पनि सुरु भएको छ । समितिले मेलम्ची आयोजनाको सुरुङ फिनिसिङ र हेड वर्क्स निर्माणको कार्य अघि बढाउन दुई वटा मुख्य प्याकेजको राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । जसमा सुरुङ फिनिसिङका लागि गरिएको बोलपत्र ९टेण्डर० आह्वानको समय सकिएकाले यसको मूल्यांकन भइरहेको छ । 
हेडवर्क्स ९मुहानको संरचना ० निर्माणको कार्यका लागि गरिएको बोलपत्रको अन्तिम समयावधि असार १६ गतेसम्म रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश कुमार शाक्यले जानकारी दिनुभयो । प्रवक्ता शाक्यले भन्नुभयो, ‘अब मेलम्चीको काम सुरु भइसकेको छ । सुरुवाती चरणमा भेन्टिलेसन शाफ्टका लागि ड्रिलिङको काम सुरु भएको छ । उता सुन्दरीजलमा पानीको आउटफलका लागि काम अघि बढाइएको छ ।’
मन्त्रालयका प्रवक्ता शाक्यका अनुसार मेलम्ची आयोजनाको बाँकी कामलाई मुख्य दुई वटा प्याकेजमा विभाजन गरिएको र त्यसभित्र स-साना गरी १० वटा प्याकेजमा बाँडिएको छ । ‘पहिलो प्याकेजमा हेड वर्क्स अन्तर्गत ड्याम निर्माण र पुल निर्माण लगायत छन्, उहाँले भन्नुभयो, ‘दोस्रो प्याकेजमा सुरुङभित्रको फिनिसिङ, गेट निर्माण र भेन्टिलेसन शाफ्ट लगायतका निर्माण कार्य छन् । अब मेलम्चीमा देखिएको अन्याेल समाप्त भएको छ ।’
सुरुङ फिनिसिङ कार्यका लागि गरिएको बोलपत्र आह्वानमा बोलपत्र दर्ता गरेका कम्पनीहरुको मूल्यांकन गरी छिट्टै अन्य बाँकी काम सुचारु गर्ने तयारी मेलम्ची समितिले गरिरहेको छ । एक महिनाअघि मन्त्रिपरिषद्को बैठकले विशेष परिस्थितिको कानुनी आधारमा टेकेर बाँकी काम अघि बढाउने निर्णय गरेको थियो । त्यसै अनुसार मन्त्रालयले समितिलाई मेलम्चीको काम तत्काल सञ्चालन गर्न निर्देशन दिएकाले काम अघि बढेको हो । 
गएकाे पुसमा इटालियन कम्पनी सीएमसी दि राभेनाले आफू आर्थिक रुपमा टाट पल्टेको घोषणा गर्दै एकतर्फी काम छाडेर गएपछि मेलम्चीको काम रोकिएको थियो । रोकिएको मेलम्चीको काम अघि बढाएर तोकिएको समयभित्रै काठमाण्डौमा पानी ल्याउन सरकार गम्भीर भएर लागेको प्रवक्ता शाक्यले बताउनुभयो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने खानेपानी मन्त्रालयको लक्ष्य छ । 
याङग्री र लार्के आयोजना अघि बढाउने तयारी
मेलम्चीको पहिलो चरणको सुरुङ निर्माणको काम अघि बढ्ने भएपछि एसियाली विकास बैंक ९एडीबी० याङ्ग्री र लार्केको सुरुङ लगायत अन्य संरचनामा लगानी गर्न इच्छुक देखिएको छ । यसअघि एडीबीले पहिलो चरणको मेलम्चीको काम सम्पन्न गर्न सरकारलाई आग्रह गरेको थियो । 
मन्त्रालयले अब दोस्रो चरणको मेलम्ची आयोजनाको काम अघि बढाउने तयारी समेत गरेको छ । 
परामर्शदाता कम्पनी इप्टिसाले याङ्ग्री र लार्केको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० मेलम्ची खानेपानी विकास समितिलाई बुझाइसकेको छ । इप्टिसाले डीपीआरलाई अन्तिम रूप दिएर समितिलाई बुझाएको हो । 
सिन्धुपाल्चोकको याङ्ग्री र लार्के खोलाबाट १७—१७ करोड लिटर पानी उपत्यकामा ल्याउने लक्ष्य आयोजनाको छ । यी खोलाबाट थप पानी काठमाण्डौ ल्याउन निर्माणको कार्य सुरु गर्न लागिएको हो । मेलम्चीदेखि लार्केबीच निर्माण गर्नुपर्ने सुरुङको लम्बाइ ११ किमि छ । 
मेलम्चीको अम्बाथान ९हेडवर्क्स ० बाट २ किलोमिटर पर लार्के खोला छ । लार्केबाट याङग्रीको मुहानसम्म २ किलोमिटर सुरुङ बनाएर ल्याइने पानी सिधै मेलम्चीको हेडवर्क्स अम्बाथानमा मिसाइन्छ । तीनवटै खोला मेलम्ची, याङग्री र लार्केबाट गरी दैनिक ५१ करोड लिटर पानी सुरुङको माध्यमबाट अम्बाथानदेखि २७ किलोमिटर टाढा सुन्दरीजलमा ल्याइनेछ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६