कला साहित्य

लघुकथा-, :कान्छी छोरी ,

धनराज गिरि

गर्मीको महिना | घरभित्र पनि उस्तै |कुलमान सफल भए त धानिने |नत्र उही हो | तीनपटक नुहाएर पनि राहत नपाइने|यस्तो असजिलो अवस्थामा प्रोफ़ेसर गोपी गोस्वामीलाई एउटा काम आइलाग्यो,बैंक जाने –त्यो पनि १९ कि मी परको शहरमा |”बरू बाइकमा हरररर ……” चेक लियो, नागरिकता पनि बोक्यो | “बैंकमा पनि सरकारी कर्मचारी जस्तै …….”यस्तो नकारात्मक समाचार पाएको थियो | “भीड़ नभए त ………” अनेक ताना मनमा |मनमा धेरै कुरा खेले गोस्वामी गीत गुन्गुनाउने गर्दछ –अक्सर -गीतको मामिलामा ऊ भारतीय दलाल ! आफ्नो स्वभाव सम्झिएर मुसुक्क |पत्नीलाई आफ्नो योजना भन्छ |
” फेरि कुन कुन जी ऍफ़ भेटेर बेलुकी अबेला गर्ने होइन नि !” रज़नीको उही पीर –४० बर्षदेखि |तर यो स्वाभाविक थियो |गोपीको व्यक्तित्व शंका गर्न लायक | तर गोपी इज गोपी –उसलाई स्वमान थाहा थियो |”अरे भाग्यमान,दुई बूढी भए तिमीले पनि राहत …….”
“हेर हेर ….कान्छी छोरीलाई भन्छु………”..बाइक स्टार्ट |
—-पुग्यो बैंकमा |त्यति भीड़ नास्ति | एकछिन यता उता हेर्यो |चिनेको मान्छे कोही पनि छैन |चेक क्याँस भयो |गनेर ब्यागमा राख्यो |
“सर ” एक युवती,बैंकको कर्मचारी | पुलुक्क हेर्यो ” सर,हजूरलाई हाम्रो म्यानेजरले लिएर ……….”मेसो पाएन गोपीले ..तर लाग्यो पछि |युवातीको व्यबहार एकदम शिष्ट | भित्र एक व्यबस्थित कोठा | मैनेज़रको कुर्सीमा पनि एक युवती | जुरुक्क उठेर नमन गर्दै गोपी नजिक आइन |लिएर आउने युवती फर्किन | सोफामा एक साथ राखिन |”कविता परियार ” उनको नाम | नेमप्लेट हेरेर थाहा पायो | कविताको आँखामा सम्मान नै सम्मान | “हजूरले मलाई चिन्नू हुन्न |म यूनिक एकेडेमीको विद्यार्थी “पूजा मिस “मेरो गुरु आमा | हजूर हुंदा म ५ कक्षामा | म चिन्छु हजूरलाई |स्कूल आएर —न जाऊ वागमा एक्लै …. हजूरको गजल अझ पनि याद छ |पूजा मिस मेरो बेस्ट टीचर | म त हजूरको नातिनी ! ” ” अनि अनि …मलाई कसरी देखियो त ?”
“हजूर बा …अचेल हाकिमले आफ्नो कोठामा बसेर ……”
“ए ए ….बूझें बूझें ….हाम्रो पालामा यो प्रविधि थिएन |”
” म २०६० सालको एस एल सी ….२०६८ मा एम बी ए भ्याइयो | अनि यता | पूजा मिस र गुरुंग सरलाई अति मिस गरेकी छे यो चेलीले | अझ हजूरलाई एउटा कुरा थाहा छैन,मलाई स्कूलदेखि मास्टरसम्म पूजा मिसको जोडीले पढाउनु भयो | म एक सुकुम्बासीकी ……..”बोल्न सकिनन कविता …आँखा नारायणी | भावुक भयो गोपी |
“कविता,हरेक सगरमाथाको आफ्नो नाम्चेबजार हुन्छ | मन कोमल हुन्छ |मेरी “कान्छी छोरी ” को जोडीले गरेको पूण्य कामको प्रतिफल आज मैले पाएँ,गौरवानुभूति भएको छ | सन्तानसुख यही हो | देशको सेवा गर |अनि अहिले बसोबास ?”
” मेरो इन्टरकास्ट म्यारिज हो | जीवनसाथी ‘प्रेमनाथ अधिकारी ‘ अहिले बालकुमारी कलेजमा प्राध्यापक,घर गैंडाकोट |”…..” सर एकछिन ….”बाहिर निस्किन कविता | ७ मिनेटमा भित्र | अर्को सात मिनेटमा अचम्म “सर,यो नातिनीको उपहार “एउटा ब्याग,भित्र के के !कोक र नास्ता ! “आशीर्वाद नातिनी,अब घर पुगेर एउटा लघुकथा …..फेसबुकमा साथी बन है !” कविताको निधारमा हल्का आशीर्वाद चुम्बन दिएर एउटा सेल्फी लिई फर्कियो गोपी |दुई घन्टापछि “कान्छी छोरी ” को रेसपोंस “बा, कवितालाई भेट्नुभयो ?” अपलोड तस्वीर हेरेर |
“कान्छी छोरीले हुर्काएको विरुवा अहिले ठूलो बृक्ष भएछ |फल पनि पाइयो ” |ब्यागभित्र एउटा डायरी,एउटा टी-सर्ट र एउटा साड़ी रहेछ |रजनी जिल्ल| “कान्छी छोरी ” यत्ति बोल्यो गोपी |

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button