पत्रपत्रिकाबाट

दुई मन्त्रालयको तानातानमा समाज कल्याण

समाज कल्याण परिषद् महिला मन्त्रालय वा गृहमन्त्रालय मध्ये कोसँग रहने भन्ने विवाद सुरु भएको छ । 
महिला मन्त्रालयले केही दिनअघि एक कार्यदल गठन गरी परिषद्लाई आफू मातहत राख्न विधेयकको मस्यौदा तयार पारेको थियो । 
तर, गृह मन्त्रालयले सहमतिविपरित आफू मातहत ल्याउन अर्को विधेयक मस्यौदाको तयारी सुरु गरेको खबर नेपाल समाचारपत्र दैनिकमा छापिएको छ । 
प्रधानमन्त्री कार्यालयको निर्देशनमा महिला मन्त्रालयले केही दिनअघि एक कार्यदल गठन गरी विधेयक मस्यौदा बनाएको थियो । अहिले आएर गृहले फेरि सुटुक्क अर्को प्रक्रिया थालेपछि विवाद भएको समाचार सार रहेको छ।  
 

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button