कला साहित्य

आख्यानकार गगनसिंह थापाको पाचौं कृति `उज्ज्वली´ बिमोचन हुँदै

काठमाण्डौ :

आख्यानकार गगनसिंह थापाको पाचौं कृति “उज्ज्वली” को यहि शुक्रवार काठमाडौंमा वरिष्ठ साहित्यकार डा. ध्रुबचन्द्र गौतम बाट एक सार्बजनिक कार्यक्रममा बिमोचन हुदैछ। यसअंघि सोह्र सौगात (संयुक्त लेखनमा कथा सङ्ग्रह) र कर्णालीको छेउछाउ, मेरो मधुशाला, पू्र्खाको चिट्ठी लगायतका उपन्यासहरु प्रकाशित भइसकेका थापाको उज्ज्वली पाँचौं कृति हो। विमोचन कार्यक्रममा प्रशिद्ध लेखकहरु नयनराज पान्डे, महेशबिक्रम शाह र निलम कार्की “निहारिका” ले पुस्तक माथी टिप्पणी गर्ने छन। बुक्सेलर प्रकाशक रहेको पुस्तकको बिमोचन कार्यक्रमको संयोजन किरण क्रीयसन र शब्दघरले गर्दैछन। सुदुर पश्चिम नेपालको जातिय विभेद मुल कथानक रहेको यो पुस्तक लघु उपन्यास हो।

वरिष्ठ आख्यानकार गगनसिंह थापा

आछामको पाटेखेतमा बिक्रम सम्बत २००५ सालमा जन्मिएर स्थायी बसोबास टिकापुर कैलालीलाई बनाऊंदै आएका आख्यानकार थापाका सोह्र सौगात,पू्र्खाको चिट्ठी, मेरो मधुशाला,कर्णालीको छेउछाउ र उज्जली उपन्यास प्रकाशित भैसकेका छन भने महाप्रलय नामक उपन्यास प्रकाशोन्मुख अवस्थामा रहेको छ। शुरुमा शिक्षण पेशामा सलग्न थापा बि.सं.२०३६ को प्रजातान्त्रिक आन्दोलनसङ्गै नेपाली काङ्ग्रेसको राजनितीमा सङ्ग्लग्न भैसकेका ब्याक्ति हुन।प्रजातान्त्रिक आन्दोलनसंगै २०४२ सालमा ६ महिना जेल जीवन बिताएका थापा २०४९ देखि २०५९ सम्म कैलाली जिल्ला बिकास समितिमा निर्वाचित भएर सरकारी सेवामा रहेका थिए। सामुदायिक बन महासंघ कैलालीको अध्यक्ष,अरुणोदय उच्च मा.बि. खैरीफाटा कैलालीको सस्थापक प्रधानअध्यापकसंगै उक्त विद्यालयको संचालक समितिको अध्यक्षसमेत रहेका थापा एनआरएन केन्द्रिय कोषाध्यक्ष हिक्मत थापाका बुवा पनि हुन। उपन्यास,कबिता र कथा लेखनमा सक्रियपूर्वक रुचि राख्ने आख्यानकार थापाको बिमोचन हुँदैगरेको उज्जलीको जागरणपोस्ट परिवार पनि सफलताको लागि शुभकामना ब्यक्त गर्दछ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button