प्रहरीले पत्रकारलाई कुटपिट गरेको सम्बन्धमा पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

Bijay Gyawali २२ असार २०७६, आईतवार १८:१२

पत्रकार होमकुमार कार्की (राजन) र मिनकुमार दाहालाई प्रहरीले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।
नेपाल पत्रकार महासंघले आइतबार विज्ञप्ति जारी गरी यस्ताे जनाएकाे हाे । प्रहरीकाे कुटपिटबाट घाइते भएका पत्रकार कार्की नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष र दाहाल पूर्व अध्यक्ष हुनुहुन्छ । 
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार सलामशिंह लामा र प्रहरी जवान विकासशिंह स्याङतानले असार २१ गते शनिबार राति करिब ९ बजे अध्यक्ष कार्की र पूर्व अध्यक्ष दाहाललाई ज्यान मार्ने उदेश्यसहित कुटपिट गरेकाे विज्ञप्तिमा जनाइएकाे छ । आक्रमणबाट गम्भीर घाइते भइ बेहोस अवस्थामा काठमाण्डौ ल्याइएका कार्कीको हाल अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
विज्ञप्तिमा महासंघले पत्रकारद्वय कार्की र दाहालमाथिको आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गर्ने साथै घटनामा संलग्न दोषीमाथि हदैसम्मको कानूनी कारबाही गर्न, उपचार व्यवस्था मिलाउन, र भविष्यमा यस्तो घटना दोहोरिन नदिन, पत्रकारको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसंग जोडदार माग गरेकाे छ । 
साथै विज्ञप्तिमा असार २१ गते गोरखापत्र दैनिकमा कार्यरत पत्रकार शान्ति लामामाथि समाचार संकलनका क्रममा कीर्तिपुरकाे भत्केपाटीमा दुर्व्यवहार भएको घटनाप्रति पनि महासंघकाे गम्भीर ध्यानाकर्षण भएको जनाइएकाे छ । 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६