कला साहित्यजागरण भिडियो

`परान उडेझैं´ म्यूजिक भिडियोमा कृष्ण सुवेदीको पहिलो डेव्यू

मुम्बई : लोक गायक शालिकराम भण्डारीको नयाँ गित “परान उडे झैँ” को म्यूजिक भिडियोमार्फत पहिलोपटक कृष्ण सुवेदीले डेव्यू गरेका छन। मायानगरि मुम्बईमा सुटिङ्ग भएको उक्त म्यूजिक भिडियोमा कृष्ण सुवेदी र आरती थापाको मूख्य अभिनय रहेको छ भने हरि सुवेदी सहायक भूमिकामा देखिएका छन।

अकलादेबी म्युजीक प्रा.लि.ले ल्याएको गित कम्पनीको युटुव च्यानलमा पनि सार्वजनिक गरिएको छ। लामो समयदेखि मुम्बई बस्दै आएका गायक भण्डारीले मुम्बईबाटै नेपाली लोकदोहोरी गितहरु सार्वजनिक पनि गर्दैआएका छन भने भिडियोमार्फत अभिनय क्षेत्रमा पहिलोपटक डेव्यू गरेका कलाकार सुवेदी पनि लामो समयदेखि नै मुम्बईलाई कार्यथलो बनाएर बसेका छन।

विष्णु खवासको शब्द रहेको गितमा भण्डारी र सपना गिरिको स्वर रहेको छ भने जगत एजीले भिडियोको निर्देशन गरेका छन।

गितको लय संकलन समेत गरेका कम्पनीका प्रवन्ध निर्देशक यज्ञ सापकोटाले गितले बजारमा राम्रो प्रतिक्रिया पाएको जनाएका छन।

मुम्बईलाई कार्यथलो बनाएर प्रवाशी नेपालीहरुमाझ विभिन्न सामाजिक गतिविधि गर्दैआएका कृष्ण सुवेदि एक सफल ब्यवसायी पनि हुन। गुल्मीको हुंगा दाईँछाप भन्ने स्थानमा जन्मिएका सुवेदीको रुचि भने समाजसेवा, अभिनय, ब्यवसायलगायतका क्षेत्रमा रहेको छ। गीतमार्फत प्रेमको सन्देश मात्र होईन प्रवाशी नेपालीका समस्यालाई पनि उजागर गर्न खोजिएको यस म्यूजिक भिडियोको यौटा सन्देश के पनि हो भने अवसर र लगाव भएमा पनि प्रवाशी भूमीबाट पनि नेपाली दाजुभाई दिदिबहिनीहरुले विभिन्न कृयाकलाप र सफलता हाशिल गर्नसकिन्छ भन्ने सन्देश प्रवाह भएको छ। म्यूजिक भिडियोमार्फत पहिलोपटक अभिनयमा डेव्यू गरेका कलाकार कृष्ण सुवेदिलाई हाम्रो पनि बधाई तथा शुभकामनासंगै सफलताको पनि कामना गर्दछौं।

अकलादेवी म्यूजिकले हालै रिलिज गरेको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button