राजनीति

जागरणपोस्टको प्रदेश ५ संस्करण सार्वजनिक

ब्ल्यू बेल मिडिया प्रा.ली.द्वारा संचालित डिजिटल अनलाइन पत्रिका जागरणपोस्ट डट कम को अर्को विशेष अनलाईन संस्करण प्रदेश ५ संस्करण पनि सार्वजनिक भएको छ। प्रदेश ५ को कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुदलगायतका विषयलाई विशेष प्राथमिकतामा राखेर हामीले प्रदेश ५ संस्करण सार्वजनिक गरेका हौं। आगामी दिनहरुमा जागरणपोस्ट सबै प्रदेशलाई विशेष रुपमैं समेट्नेगरि अघि बढ्नेछ । यसबारेमा यहाँहरुको सुझाव, सल्लाह हाम्रोलागी मार्गप्रशस्त बन्नेछन। औपचारिकताको पूर्णतासंगै हामी सशक्तरुपमा निरन्तर खट्नेछौं, जसको लागि यहाँहरुको पूर्ण साथ र सहयोगको निरन्तर जरुरी रहनेछ।

मुलुक समृद्धिको यात्रामा संचारमाध्यमको पनि अहं भूमिका रहन्छ। राज्यको चौंथो अंग मानिने संचारमाध्यमा आम नागरिकका स-साना जनजिविकाका आवाजको पनि सहज एवं सरल पहुँच हुनुपर्दछ भन्ने जागरणपोस्ट डट कम को दृढ मान्यता रहिआएको छ। तसर्थ जागरणपोस्टका आम पाठक, सुवेच्छुक एवं मित्रगणमा बिनम्र अनुरोध छ; जनजिविकाका हरेक समस्या, सवाल, आवाज र अधिकारलाई लिपिवद्ध रुपमा हाम्रो आधिकारिक इमेल [email protected] या [email protected] मा पठाऊनुहोस, हामी हाम्रै समस्या हामीद्वारा नै हल गर्न/ गराऊन कटिवद्ध रहनेछौं।

– बिजय ज्ञवाली

प्रधानसम्पादक,

डिजिटल अनलाईन पत्रिका जागरणपोस्ट डट कम

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button