कला साहित्य

किताब पढें तर जीवन पढ्न सकिन

मलाइ अङ्ग्रेजीका शिक्षकले
प्रत्येक वर्ष एउटा कक्षामा
” Tourism sector in Nepal ” भन्दै
दुइ पेज लेख्न लगाए
तर अँह
मैले सोलुखुम्बु देख्दै देखिन
मैले मनाङ टेक्दै टेकिन
मैले घोडाघोडी ताल हेर्न सकिन
मैले जोमसोमको हावा फेरिन
मैले जुम्लाको नाच हेरिन
बरु म काभ्रे हुदै
राजधानी टेके
तर
अँह म नेपाल घुमिन
सरले सधै यो प्रश्न परिक्षामा आउछ मात्र भने
तर
यो ठाउँमा हामी पनि घुम्नु पर्छ
यो कुरा मलाइ कहिल्यै पढाइएन ।।

मैले जनसङ्ख्या किताबमा
नेपाल कृषि प्रधान देश भनेर पढे
तर
चामल देखि तरकारी सम्म किन भारतबाट आउँछ
यो कुरा मलाइ
जनसङ्ख्याका शिक्षकले कहिल्यै बुझाएनन ।।

रामले भात खायो
हो मलाइ यसरी पढाइयो
नेपाली व्याकरण
तर
राम विदेश बाध्यताले हिडयो ।
यो कुन काल भनेर
कहिल्यै सोधिएन ।।

मैले किताब पढे
तर
जिन्दगी पढन सकिन
मैले भुगोल पढे
तर
आफ्नै जिन्दगीको दुरी नाप्न सकिन
सबैले भन्थे
तँ काचो माटो
जस्तो आकार दियो
त त्यस्तै बन्छस
तर यो भताभुङ्ग
जिन्दगीको आकार देख्दा सम्झिन्छु
कसले र कुन श्रेणीमा
यो जिन्दगीको आकार बिगार्दियो ।।

लेनिन बिष्टको वालबाट

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button