खेलकुद

कम्युनिटी शिल्डको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । फाइनलमा लिभरपुललाई पेनाल्टीमा ५–४ ले हराउँदै सिटीले सिजनको चौथो उपाधि जितेको हो । यसअघि सिटीले प्रिमियर लिग, एफए कप र लिग कपको उपाधि जितेको थियो । लण्डनको विम्ब्ली रंगशालामा भएको खेलमा निर्धारित समय एक एक गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउट बाट गरिएको थियो । खेलको १२औं मिनेटमा नै रहिम स्टर्लिङले डेविड सिल्भाको पासमा गोल गर्दै म्यान्चेष्टर सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा सिटीले एक गोलको अग्रता कायम राख्यो । ७७औं मिनेटमा जोल माटिपले भर्जिल भ्यान डाइकको पासमा लिभरपुलका लागि गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा सिटीका गोलकिपर क्लाउडियो ब्राबोले जर्जिनियो विनाल्डमको प्रहार बचाएपछि सिटीले सिजनको चौथो उपाधि जितेको हो । यससंगै यसपटकको कम्युनिटी शिल्डको उपाधि जित्ने लिभरपुलको सपना सकिएको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button