प्रधानमन्त्रीलाई खुलापत्र

जागरणपोस्ट ४ फाल्गुन २०७५, शनिबार १०:०५

केशव सिंह

सम्माननिय प्रधानमन्त्रीज्यू,
नेपाल सरकार
सिंहदरबार काठमाण्डौ।

देशमा लामाे समयकाे अस्थिरता र द्वन्द्व पछि मुलुकले अहिले दुई तिहाइकाे सरकार पाएकाे पनि एक वर्ष पूरा भएको छ । अबकाे तपाईंको कार्यभार भनेकाे मुलुककाे सम्बृद्धि हाे भन्ने कुरामा दुई मत पनि छैन् । लाेकतन्त्रकाे जगमा टेकेर बनेकाे तपाईंको सरकारकाे लक्ष्य देश र जनताकाे समुन्नति हाे भन्दा फरक छैन् । मुलुक संघीयता मा गएपछि सिंहदरबार गाउँ गाउँमा पुग्छ भन्ने परिकल्पना आमनागरिकले गर्नु ठूलो विषय पनि त हाेइन ।

सरकारकाे सफलताकाे सुचक भनेकाे सुशासन,भ्रष्टाचार काे न्युनिकरण,जनउत्तरदायी प्रशासन,नागरिककाे जीउ धनकाे राज्य र प्रशासनबाट संरक्षण तथा न्यायमा सर्व- साधारणको सहज पहूँच लगायत अन्य विविध कुराहरु पर्दछन् भन्नेमा देशकाे अभिभावक र सरकार प्रमुखका हैसियतले दुई मत छैन भन्ने कुरामा तपाईं पनि सहमत हुनुहुन्छ भन्ने कुरामा प्रवासमा रहेपनि देशलाई माया गर्ने नेपाली नागरिकका हैसियतले म पनि अाशावादी छु ।

प्रधानमन्त्रीज्यू वर्तमान सरकार गठन भएको वर्ष दिन पूरा भएको तपाईंले देशबासीकाे नाममा सम्बाेधन गरिरहँदा, मुलुककाे सम्बृद्धिकाे बाधक भ्रष्टाचार भएको तथा तपाईं को सरकार भ्रष्टाचारको विषयमा शुन्य सहनशिलतालाई अात्मसात गरिरहेकाे व्याख्या भइरहँदा अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगका अायुक्तले घुस लिएको भिडियाे भाइरल भइरहेको तथा साे भिडियाे तपाईं र तपाईंका मन्त्री मण्डलका सदस्यहरुले चार महिना अघि हेरिसकेका समाचारहरु अाउनु देश,सरकार, जनता अथवा लाेकतन्त्र कसकाे दूर्भाग्य हाे साेचनीय छ ।
वर्तमान सरकार संसदीय गणितका हिसाबले शक्ति सम्पन्न छ भन्ने कुरा निर्विवाद छ । गणितकाे सफलता मात्र देश,सरकार र लाेकतन्त्रकाे सफलता हाे भन्ने कुरालाई म कदापि स्विकार गर्न सक्दैन । वर्तमानमा तपाईं सत्तामा हुनुहुन्छ र याे कुरा तपाईंलाई सफलता महसुस हुन सक्ला तर तपाईं सडकमा अाएकाे खण्डमा यसलाई सफलता मान्न तपाईं पनि सहमत हुनुहुने छैन् । किनकि यस्ता कैयन नजीरहरु अामनागरिकले महसुस गरिसकेका छन् ।

अदालतमा विचाराधीन सुन तस्करीकाे मुद्दा,वाइडवडी प्रकरण,निर्मला पन्तकाे हत्याकाण्ड र डा. के.सी.सँग तपाईंले गरेकाे प्रतिबद्धताबाट पछि हट्नु अादि अादि तथ्यहरु जान्दाजान्दै तपाईंलाई म कसरी सफल सरकार काे सफल प्रधानमन्त्री मान्न सक्छु ? अझ संघीय सरकार का मन्त्रीहरु तथा सभामुख व्यक्तिगतकाममा गाउँघर जाँदा समेत राज्यकोषबाट हवाई भाडा र गाडीका लागि तेल लिएर राज्यकोष दाेहन गर्नु कदापि साेभनीय हुन सक्दैन ।

एउटा नागरिकका हैसियतले मलाई के हेक्का छ भने देशकाे राजधानीमा एउटा संसद भवन बनाउन नसक्ने राज्य र सरकारले सात वटा प्रदेशमा नयाँ प्रदेश संसद भवन बनाउन कति सम्भव छ भन्ने तथ्य बुझ्न जरुरी छ जस्ताे लाग्छ । याे त …….. भन्दा देख्नेलाई लाज भने जस्तै भएन र ? अझ भएको प्रहरी प्रतिष्ठानकाे संरचना भत्काएर त्यहाँ सयाैँ राेपनी जग्गामा महामहिम राष्ट्रपति- का लागि भव्य महल बनाउनु अनि बालुवाटारमा अर्को नयाँ प्रधानमन्त्री निवास बनाउनु कदापि जायज हुन सक्दैन । त्यसकाे साटाे बरु सक्नु हुन्छ भने नारिकका लागि निशुल्क स्वास्थ्य उपचार र भविष्यका कर्णधारका लागि निशुल्क शिक्षाकाे घाेषणा गर्न सक्नु भयाे भने नेपालकाे संसदीय इतिहासमा तपाईं अब्बल र सफल प्रधानमन्त्री बन्नु हुनेछ । राजनीतिक दलकाे त्याग र बलिदानबाट अाएकाे लाेकतन्त्रले केही हदसम्म नागरिक लाई सान्त्वना प्रदान गर्नेछ ।
प्रधानमन्त्रीज्यू देशकाे अामदानीकाे प्रमुख हिस्सा भनेकाे नेपाली दाजुभाइले विदेशमा पसिना बगाएर कमाएकाे रेमिट्यान्स हाे । देशकाे विकास बजेटकाे प्रमुख अाधार पनि यही हाे । ठूलो ऋणको भार बाेकेर युवा जमातले मरुभूमि लगायत अन्य मुलुकमा पसिना बगाएका छन् ।
त्यति मात्र कहाँ हाे र हरेक दिन विदेशिएका युवाहरुकाे लास नेपाल जान्छ भन्ने तथ्य लुकाएर लुक्दैन । यसका बाबजुद जब केही कमाएर उनीहरू स्वदेश फर्किँदा खुशीले गदगद हुन्छन् तर त्याे खुशी धेरै बेर टिक्नै पाउँदैन किनकि उनीहरू अाफ्नै देशमा अाफ्नैबाट दिनहुँ विमान- स्थलमा लुटिन्छन् । उनीहरू तिनीहरू द्वारा लुटिन्छन् जसलाई उनीहरूले कर तिरेर पालिरहेकाछन् ।

प्रधानमन्त्रीज्यू एक पटक फेरि तपाईं अाफ्नाे देशबासी लाई सरकारी रेडियाे र टेलिभिजनबाट सम्बाेधन गरेर तपाईंका विदेशिएका भाइ छाेराहरुलाई यति समय र हद सम्म लुट्न त्रिभुवन विमानस्थलमा कार्यरत कर्मचारी, प्रहरी र प्रशासकलाई छुट दिएकोछु भनेर घाेषणा गरिदिनु भयाे भने हाम्रो अात्मालाई शान्ति मिल्ने छ । अन्तमा तपाईंकाे लाेकतन्त्र सफल रहाेस् विमानस्थलमा लुटिएका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरुकाे तर्फबाट मेराे शुभकामना ! धन्यवाद !!

उहीँ परदेशी नागरिक

केशव सिंह।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६