१३ वर्षीया बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

Bijay Gyawali ३२ श्रावण २०७६, शनिबार १६:४५

भोजपुरका एक युवकलाई बालिका बलात्कारको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
भोजपुरको अरुण गाउँपालिका–७, की १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ टेलीयाका ३१ वर्षीय योगेन्द्रबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।
विकले बालिकालाई गएको साउन २८ गते राति जनश्रम प्राथामिक विद्यालय जरायोटारमा लगेर जबरजस्ती करणी गरेको प्रहरीमा उजुरी आएकोले पक्राउ गरिएको प्रहरीले बताएको छ ।
केही समय अगाडिबाट चिनजान भइ बोलचाल गर्न थालेका विकले बालिकालाई विवाह गर्ने बहानामा बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ। राति विद्यालयमा बसेपछि विकले आफूलाई जबरजस्ती करणी गरेको बालिकाले दिइएको उजुरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ ।
बालिकाको जिल्ला अस्पताल भोजपुरमा स्वास्थ्य परीक्षण गरिएको छ भने पक्राउ परेका आरोपित विकमाथि  जिल्ला अदालत भोजपुरबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६