पाल्पामा रोपाइँ जात्राको रौनक (भिडियोसहित)

Bijay Gyawali ३२ श्रावण २०७६, शनिबार २०:०७

सन्दीप थापा,
पाल्पा, सांस्कृतिक पर्वका रुपमा गाईजात्राको भोलिपल्ट मनाईने रोपाई जात्रा पाल्पामा पनि मनाइएको छ। असारे रोपाइँको झल्को दिनेगरी शनिबार पाल्पाको तानसेनमा रोपाइँजात्रा निकालिएको हो । असारे महिनामा खेत रोपाइँ गर्दामात्र घन्कने असारे बाली भाकाका गीत शनिबार पञ्चेबाजासँगै तानसेनमा घन्किए ।
तानसेनबजारका सडकहरुमा तानसेन नगरपालिका–७, काजीपौवाबाट आएका किसानहरुले पञ्चेबाजा र असारेगीतको तालमा सडकमा धान रोप्ने, हलगोरुले जसरी सडकमा जोतेको अभिनय गर्दै र विभिन्न थरिका असारेगीत गाउँदै रोपाइँजात्रा देखाएका हुन् ।
रोपाइँ गरेको अभिनय गर्दै सजिएर आएका रोपाहार पञ्चेबाजाको तालमा बाली गाउँदै नाच्दै तानसेन बजारमा हिँडेको दृश्य मनमोहक देखिन्थ्यो ।
नक्कली गोरु बनाएर खोक लगाएको तथा पुरुषले महिलाको पोशाकमा गुन्यु चोलो लगाएर रोपाहारको अभिनय गरेको हेर्न लायक थियो । कृष्ण जन्माष्टमीको दोस्रो दिन श्रीकृष्णको रथ यात्रासँगै, रोपाइँजात्रा निकाल्दा भगवान कृष्ण प्रशन्न भई सुख शान्ति तथा ऐश्वर्य प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ ।
मल्लकालीन समयदेखि नै तानसेन नगरसँग जोडिएका ग्रामीण भेगका किसानहरुले गाई जात्राको अर्को दिन रोपाइँजात्रा गर्ने प्रचलन रहेको छ ।
रोपाइँजात्रा सन्चालन गर्न अत्यधिक खर्च हुने र बजारबाट कम सहयोग प्राप्त भएकाले यो वर्ष तानसेनमा एउटा समूहलेमात्र रोपाइँजात्रा सन्चालन गरेको छ ।
गाइजात्रा बाट सुरु भएर ९ दिन सम्म विभिन्न जात्रा मनाइने पाल्पा मा जात्राको दोस्रो दिन रोपाइँ जात्रा मनाउने प्रचलन रहेको छ।
लेखक जागरण पोस्टका पाल्पा प्रतिनिधि हुन्

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६