प्रदेश १

विप्लव समूहका ५ नेता झापाबाट पक्राउ

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्द विप्लव समूहका ५ जना नेतालाई झापाबाट प्रहरीले गिरफ्तार गरेको छ ।
गिरफ्तारीमा पर्नेमा ताप्लेजुङका राजु दास, सागर लिम्बु उर्फ सक्कल, नरपति पौडेल, यम योगेश लिम्बु र सन्देश भनिने गणेश कार्की ढोली रहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा विभिन्न प्रमाणसहित उनीहरुलाई पक्राउ गरिएको झापाका प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले जानकारी दिए । ।
उनका अनुसार, पक्राउ पर्ने दास विप्लव समूहको पाँचथर जिल्ला इञ्चार्ज र मेची ब्यूरो सदस्य हुन् भने लिम्बु ताप्लेजुङ इञ्चार्ज, पौडेल मेची ब्यूरो सदस्य र ताप्लेजुङ जिल्ला सेक्रेटरी, लिम्बु ताप्लेजुङ जिल्ला कमिटी सदस्य र ढोली जनमुक्ति मोर्चाका केन्द्रीय सदस्य र अखिल क्रान्तिकारीको मेची, कोशी ब्यूरो संयोजक हुन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button