प्रदेश १

करेन्ट लागेर म्याग्दीमा एक मजदुरको ज्यान गयो

म्याग्दीको बेनीमा करेन्ट लागेर एक जना मज्दुरले ज्यान गुमाएका छन् । जलजला गाउँपालिका-३ वारीबेनीमा बुधबार दिउँसो करेन्ट लागेर म्याग्दीको धवलागिरी गाउँपालिका-३ का २२ वर्षीय कुमार सुनारको मृत्यु भएको हो । केन्द्रीय प्रशारण लाइनको तारमा छोइएर करेन्ट लाग्दा उनको मृत्यु भएको वारीबेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ध्रुवबहादुर बोहोराले बताउनुभयो । उहाँका अनुसार घर निर्माणका क्रममा फलामको पोल ठडाउने क्रममा हाइटेन्सन लाइनमा छुन पुग्दा करेन्ट लागेको थियो । घटनास्थलबाट बेनी अस्पताल पुर्‍याउँदा सुनारलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button