राजनीति

बाबुराम भट्टराईको सिट फेरिएपछी –

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको प्रतिनिधि सभामा सिट परिवर्तन भएको छ। उनी सभामुखको दायाँतर्फ सत्तापक्षको लहरको कुर्सीमा बस्न थालेका हुन्।
निर्वाचन आयोगले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएको पत्राचार गरेसँगै बाबुराम भट्टराई सत्तारुढ सांसद बनेका छन्। तत्कालीन नयाँ शक्तिबाट डा. भट्टराई मात्र सांसद भएकाले उनी स्वतन्त्र सांसदको रूपमा रहँदै आएका थिए। समाजवादी पार्टी अहिले सरकारमा रहेको छ। समाजवादीका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित सरकारमा रहेका छन्।
डा. भट्टराई सत्तापक्षको कुर्सीमा बस्न थालेकोमा सांसदहरूले बधाई दिएका थिए। सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडा, समाजवादीका सांसदहरू उमाशंकर अरगरिया र रेनुका गुरुङले बधाई दिनुका साथै स्वागत गरेका थिए।
सांसद खतिवडाले ब्यङ्ग्य गर्दै भनेका थिए, ‘विवाहपछि महिला माइतिकै घरमा बसेको भन्दा श्रीमानसँग बसेको सुहाउँछ।’

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button