डिभी परेर अमेरिका पुगेका वडाअध्यक्षको इमेलबाटै राजीनामा

Bijay Gyawali ५ भाद्र २०७६, बिहीबार १६:३२

दुइ वर्षअगाडी सम्पन्न स्थानिय निकायको निर्वाचनमा विजयी भएका जनप्रतिनिधी ले अमेरिकाको डिभी परेपछी इमेलबाटै राजीनामा पेश गरेका छन् ।इमेलबाटै मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जगतमान घिसिङले गाउँपालिकाको कार्यालयको इमेलमा राजीनामा पठाएको भीमफेदी गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन कुँवरले जानकारी दिनुभएको छ ।
कुँवरका अनुसार वडाध्यक्ष घिसिङले घरायसी कामकाजका कारण पूरा कार्यकाल सेवा गर्न नपाएको राजीनामा पत्रमा लेखेका छन्।
गाउँपालिकाले वडाध्यक्षले पठाएको राजीनामा पत्र हेरेर निर्णय लिन बाँकी नै छ। राजीनामा स्वीकृत भएमा यहाँ पनि उपनिर्वाचन हुनुपर्ने हो। निर्वाचन आयोगले मंसिर १४ गतेका लागि उपनिर्वाचन तय गरिसकेकोले अब यहाँ उपनिर्वाचन हुने वा नहुने भन्ने एकीन छैन।
उनले कुरियर गरेर समेत राजीनामा पठाएको स्रोतले जनाएको छ । ‘कुरियर गरेर पठाएको राजिनामा पत्र गाउँपालिकामा प्राप्त भएपछि बैठक बसेर राजिनामा स्वीकृत भएपछि मात्रै पद रिक्त हुनेभएकाले उपनिर्वाचनको विषयमा अहिल्यै केही भन्न नसकिने गाउँपालिकाले जनाएको छ । घिसिङ अमेरिका उडेपछि वडा कार्यालय पाँच महिनादेखि प्रमुख विहीन छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६