कला साहित्य

कविता ः कपाल सुहाउँछ कसलाई

कपालकाण्ड : डिल्ली राज बस्याल

कपाल सुहाउँछ कसलाई
सन्तलाई कि सन्किलाई, राजालाई कि मन्त्रिलाई
धनिलाई कि गरीबलाई, विष्णुलाई कि शिवलाई
कुलिनलाई कि अछुतलाई, सपुतलाई कि कपुतलाई
नारीलाई कि पुरुषलाई, मानवलाई कि उडुसलाई
कुकुरलाई कि चरीलाई, राक्षसलाई कि परीलाई
छोरालाई कि छोरीलाई, दादालाई कि तोरीलाई
झुम्लुङ्ङ कि तालुलाई, बाँदरलाई कि भालुलाई
दुखिलाई कि सुखिलाई, गुराँसलाई कि बुकिलाई
चन्द्रलाई कि सूर्यलाई, धर्तिलाई कि स्वर्गलाई
चाउचाउलाई कि चाउमिनलाई, स्याम्पुलाई कि साबुनलाई
पाल्नेलाई कि फाल्नेलाई, स्यार्नेलाई कि र्याल्नेलाई
जवान कि फुलेकोलाई, उडेको या झुलेकोलाई
राम्रो कि नराम्रोलाई, मुलायम या चाम्रोलाई
जर्रोलाई कि टर्रोलाई, आनन्दि कि ठर्रोलाई
प्रेलिलाई या शत्रुलाई, धनधान्य या पत्रुलाई
मिहिनेती या अ्छिलाई, cockroachलाई कि बल्छिलाई
जोगिलाई कि ढोँगिलाई, स्वाभिमान या बोँगिलाई
देशभक्त या भ्रष्टलाई, पाठककि स्रष्टालाई
गुरुलाई कि चेलालाई, एक्लैलाई कि भेलालाई
जुम्रेलाई कि लिखेलाई, मोटेलाई कि तिखेलाई
मुसोलाई कि सुरिलाई, मुहारलाई कि कुरिलाई
खुलस्त या गुप्तलाई, पातलो या झुप्पलाई
एलियन कि मनुजलाई, बुद्धु कि सुबुझलाई
ह्या छि यो विभाजनको मियो
कपालले चम्काउँछ सबैलाई
मलाईभन्दा तपाईंलाई!
लेखक : डिल्ली राज बस्याल

Facebook Comments
Tags
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button