कर्णाली प्रदेशसमाज

सुर्खेतमा २३ गाईको सामुहिक हत्या

सुर्खेतमा २३ गाईहरूको सामुहिक हत्या गरिएको छ । नेपालगञ्जबाट दैलेख लैजान लागिएका गाई भीरबाट खसालेर मारेको पाइएको प्रमुख जिल्ला अधिकारी सुर्खेतको कार्यालयले जनाएको छ ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिकाको कटुवा जंगलको ठाडो भीरबाट गाई खसालिएको र खसालिएकामध्ये २३ वटा गाई मृत फेला परेका छन् । मारिनेमा बढी बाछाबाछी छन् ।
सो जङ्गलमै १५० वटा जीवित गाइसमेत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बेवारिसे रुपमा फालिएका मृत गाइहरुको कानमा ट्याग लगाइएको छ । गाई ओसार्न प्रयोग गरिएका पाँच टिप्पर प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिएको छ ।
घटनाका सम्बन्धमा सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button