समाजसुदुरपश्चिम प्रदेश

अछाममा सवारी दुर्घटना, दुईको ज्यान गयो, पाँच घाइते

अछाममा भएको सवारी दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् । सो दुर्घटनामा परी अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अछाम जिल्लाको साँफेबगरबाट मेल्लेखका लागि छुटेको से १ ज ९४६ नम्बरको जिप मेल्लेख गाउँपालिका–७ नन्देगडामा दुर्घटना भएको हो।
दुर्घटनामा परी ज्यान गुमाउनेमा मेल्लेख गाउँपालिका वडा नम्वर ७ नन्देगडा चित्रवडाका कौशी साउद सोही ठाउँका किथ्थी साउँद रहेको मेल्लेख गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष नरबहादुर साउदले जानकारी दिए।
घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरी चौकी मेल्लेखबाट प्रहरी सहायक निरीक्षक रमेश बोहराको टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button