गण्डकी प्रदेशसमाज

यौन दुर्व्यवहारको आरोप लागेका वडा अध्यक्ष धरौटीमा रिहा

यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेका तनहुँको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीलाई धरौटीमा छाडिएको छ। 
वडाध्यक्ष भण्डारीले ३५ हजार रुपैयाँ धरौटी बुझाएर पाँच दिनपछि शुक्रबार तारेखमा छाडिएको हो।
प्रारम्भिक अनुसन्धान सम्पन्न गरी धरौटीमा रिहाइ गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।
अहिले विचाराधीन अवस्थाको मुद्दा फैसला हुन करिब ५/७ महिना लाग्ने प्रहरीले जनाएको छ । त्यतिञ्जेलसम्म महिनाको एक पटक तारेखमा प्रहरीसमक्ष उपस्थित हुनुपर्ने गरी भण्डारीलाई छोडिएको हो ।
वडाध्यक्ष भण्डारीविरूद्ध सोही वडाकी स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकी अपाङ्गता रहेकी दलित थरकी एक २१ वर्षीय युवतीले गत सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँमा वडाध्यक्ष भण्डारीले फोनमार्फत पटक–पटक यौनजन्य दुव्यवहार गर्दै आएको भनी जाहेरी दिएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एसपी विनोद सिलवालले बताएअनुसार उनले युवतीलाई म तिमीलाई माया गर्छु, तिमी र म पोखरा घुम्न जाऊ, तिमीलाई आर्थिक सहयोग गर्छु, कसैलाई यी कुरा नगर्नुलगायतका कुराहरु गरेर पटकपटक यौन दुर्व्यवहारजन्य शब्दहरू प्रयोग गरेका थिए । करिब १८ मिनेटको फोन कल रेकर्ड पीडित युवतीले सुरक्षित राखेकी छिन्।
वडाध्यक्ष भण्डारीले नै आफूलाई स्वास्थ्य क्षेत्रमा जागिर मिलाइदिएको पीडित युवतीले बताइन् ।
युवतीले वडाध्यक्षविरुद्ध किटानी जाहेरी दिएपछि वडाध्यक्ष भण्डारी  स्वयं प्रहरी कार्यालयमा उपस्थित भएका थिए

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button