सुदुरपश्चिम प्रदेश

मौलिक संस्कृती संरक्षणका लागी देउडा प्रतियोगीता

राष्ट्र र समाजको मुल चिनारीका रुपमा रहेको संस्कृति बिस्तारै नासिदै गएको भन्दै सोको संरक्षणमा डढेलधुरामा महिला देउडा प्रतियोगीता सम्पन्न गरिएको छ ।
सुदूरपश्चिमको देउडा संस्कृतिका लागि डडेल्धुरामा महिला देउडा प्रतियोगितामा भेषभुषालाई समेत प्राथमिकतामा राखिएको छ ।
महिलाहरुले परम्परादेखि लगाउँदै आएका चोला, गामन, पटुकी, मुनेठो, सुता, हवेली लगायतका पहिरन लगाएर देउडा गायन हुनेछ । यसले कला, संस्कृति, पहिरनको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ ।
सुदुरपश्चिमको पुरानो संस्कृतिलाई बचाउन र नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएका छन् । पुरानो भेषभुषाको प्रर्दशनी सहित आयोजना गरिएको डेउडाले सुदुरपश्चिमको लोकसंस्कृतिको उजागर गरेको स्थानीय बताउछन् ।
उक्त प्रतियोगीतामा चार टोलीले सहभागीता जनाएका छन् । संस्कृतीको संरक्षण र नया पुस्तामा हस्तान्त्रणका लागी आयोजित यस्ता कलात्मक कार्यहरूले युवाहरू पनि उत्साहित भएको सहभागीहरूले प्रतिक्रिया दिएका छन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button