कर्णाली प्रदेश

जाजरकोटमा पहिरोले पुरिएर एकै परिवारका तीनको मृत्यु

जाजरकोटमा गतराती परेको अविरल वर्षासंगैको पहिरोमा परी एकै परिवारका तिन जनाले ज्यान गुमाएका छन् । जाजरकोट – भेरी नगरपालिका-२, तिमिले गाँउमा शनिबार राति गएको पहिरोमा परी भेरी नगरपालिका–२ तिमिलेका दलबहादुर वलीकी अन्दाजी ३२ वर्षीया श्रीमती पार्वती वली, ९ वर्षीया छोरी मोतिकला वली र ३ वर्षीया छोरी धनसरा वलीको मृत्यु भएको जाजरकोटका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो । 
भिरालो जमिनमा रहेको घर पछाडिको भागबाट आएको घर पुरिदा मस्तसंग निदाइरहेका उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । घरको अर्को कोठामा सुतिरहेका दल बहादुर वली भने सामान्य घाइते हुनुहुन्छ ।
अविरल वर्षा र भाैगाेलिक विकटताका कारण जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली घटनास्थलमा बिहान मात्रै पुगेको थियो । घटना स्थलमा सशस्त्र  प्रहरीको टोलि पनि पुगेको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button