सुदुरपश्चिम प्रदेश

खोलामा डुबेर दुई बालकको मृत्यु

अछाममा खोलामा डुबेर दुई जना वालकहरूको मृत्यु भएको छ । मंगलसेन नगरपालिका–७ को भैसले खोलामा डुबेर शनिबार २ बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
अछाम जिल्ला प्रहरीका अनुसार ज्यान गुमाउनेमा ११ वर्षीय ललित वादी र १२ वर्षीय बालक युकेश दमाई रहेका छन् ।
शनिबार गाउँका ५/६ जना बालक/बालिका बिहान बाख्रा चराउन गोठालो गएका बेला दुई जना बालक खोलामा डुबेको डीएसपी जनकबहादुर शाहीले जानकारी दिनुभयो।
ती दुई बालकको शव पोस्टमर्टमको लागि जिल्ला अस्पताल मंगलसेन पुर्‍याइएको छ ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button