गण्डकी प्रदेशसमाज

पर्वतमा दुई लाख रुपैँयासहित चार जुवाडे पक्राउ

पर्वत प्रहरीले चार जना जुवाडेलाई खालसहित नियन्त्रणमा लिएको छ । कुस्मा नगरपालिका–९ कटुवाचौपारीबाट जुवा खेलिरहेका चार जना दुई लाख १७ हजार रुपैयाँसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
कटुवाचौपारीस्थित लक्ष्मी श्रेष्ठको घरमा बिहीबार प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए। पक्राउ पर्नेमा कटुवाचौपारीकै ३७ वर्षीय दिनेश ढकाल, ३५ वर्षीय नवराज अधिकारी, सल्यानको शारदा नगरपालिका–६ घर भई कटुवाचौपारीमा बस्दै आएका ३८ वर्षीय उमाभक्त वस्नेत र फलेवास नगरपालिका–३ शंकरपोखरीका ५० वर्षीय रामप्रसाद तिवारी रहेका छन्। 
प्रहरीका अनुसार जुवा खालमै रहेका स्थानीय ३८ वर्षीय मदन शर्मा भन्ने रुद्र शर्मा पौडेल भने फरार रहेकाले उनको खोजी कार्य चलिरहेको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक रायमाझीको नेतृत्वमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई बिहीबार नै जिल्ला प्रशासन कार्यालय पर्वतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ। उनीहरूलाई जुवा खेल्न वा सट्टावाजी गर्न नहुने कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
स्थानीयहरूको विशेष सुराकीका आधारमा जुवाडेहरूलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button