अर्थ बजारप्रविधि

ई-खल्तीले ल्यायो गुगल र एप्पल गिफ्ट कार्ड नेपालमै, पब्जी युसी र फ्रि फायर डायमन्ड पनि

अव नेपालबाटै गुगल प्लेस्टोरमा प‍ैसा राखेर एप्स खरिद गरेर चलाउन सकिने

सन्दीप थापा


गुगल प्लेस्टोर, एपस्टोर र माइक्रोसफ्ट स्टोरबाट किनेर चलाउनुपर्ने एप्लिकेशनहरू अबदेखी नेपालबाटै किन्न सकिने भएको छ । फ्रिफाएर, पब्जी लगायतका गेमहरूका लागी आवश्यक पर्ने युसी र डायमन्ड पनि नेपालबाटै प्राप्त गर्न सकिने भएको छ ।

नेपालकै सबैभन्दा पहिलो अन्तराष्ट्रिय पेमेन्ट गेटवेको रुपमा स्थापित डिजिटल वालेट ई-खल्ती ले आफ्ना सेवाहरूलाई बृद्दी गर्दै गैरहेको छ । यसै सिलसिलामा प्रयोगकर्ताहरूको माग र नेपालीहरूको आवश्यकतालाई केन्द्रबिन्दुमा राखी नेपालबाटै गिफ्ट कार्ड प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ ।

एन्ड्रोयड, एप्पल (आइ.ओ.एस्)र विन्डोजका प्रयोगकर्ताहरूलाई लक्षित गरी नेपालबाटै गीफ्ट कार्ड किन्न सकिने व्यवस्था मिलाएको ई-खल्ती ले जानकारी दिएको छ ।

गुगल प्लेस्टोर, एप्पल स्टोर, र माइक्रोसफ्ट स्टोरबाट किनेर चलाउनुपर्ने (paid application software) हरूको लागी मुल्य भुक्तानी गर्नका लागी आवश्यक गीफ्ट कार्ड यसअघी नेपालबाटै किन्न पाउने व्यवस्था थिएन।नेपाली बैंक तथा आर्थिक कारोबार गर्ने वित्तिय संस्थाहरूले अन्तराष्ट्रिय ईलेक्ट्रोनिक पेमेन्ट गेटवेको कार्य नगर्दा नेपालीहरूले अन्तराष्ट्रिय विद्युतिय कारोबार गर्न सक्दैनथे । नेपालबाटै गिफ्ट कार्ड अर्डर गर्न नमिल्दा किनेर चलाउनुपर्ने अत्यावश्यक एप्लिकेशनहरू नेपालबाटै मुल्य भुक्तानी गरेर चलाउन सक्ने अवस्था थिएन । तर अहिले नेपालबाटै गिफ्ट कार्ड अर्डर गर्न सकिने व्यवस्था मिलेको छ । अनेल्मा प्ल्याटफर्म प्रा.ली अन्तर्गत् सञ्चालित ई-खल्ती का भेरिफाइड प्रयोगकर्ताहरूले सजिलैसंग आफ्नो एकाउन्टमा पैसा लोड गरेर गिफ्ट कार्ड अर्डर गर्न सकिने गरी व्यवस्था मिलाइएको इखल्तीले जनाएको छ ।

आफूलाई गिफ्टकार्ड आवश्यक पर्ने ई-खल्ती काभेरिफाइड प्रयोगकर्ताहरूले आफ्नो खाता लग इन् गरी माई एकाउन्ट बाट सप्स एण्ड पेमेन्ट मा गई गीफ्ट कार्ड मा क्लिक गरेर गो नाओ भित्र जानुपर्नेछ । त्यसपछी आवश्यक विवरण र रकम राखेर कन्फर्म गरी सपोर्ट्समा मेसेज छोडी आफूले गिफ्ट कार्ड अर्डर गरेको कुरा जानकारी गराउनुपर्नेछ । supports मा दर्ता भएको मेसेजउपर आवश्यक छानविन गरी ई-खल्तीले गिफ्ट कार्डको रिडिम कोड उपलब्ध गराउनेछ । प्राप्त गरेको गिफ्टकार्डको कोड प्रयोगकर्ताको खाताको माई टिकेट्सभित्र रहने र त्यसलाई रिडिम गरेर गुगल प्लेस्टोर, एपस्टोर वा माइक्रोसफ्ट स्टोर मा रकम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यसरी आफ्नो गुगल, माइक्रोसफ्ट वा आइफोन स्टोरमा लोड गरिएको रकमले किनेर चलाउनुपर्ने (paid application software)हरू आफ्नो आवश्यकताअनुसार सजिलैसंग किन्न सकिन्छ ।

यस्तै हालका युवाहरूमाझ लोकप्रिय बन्दै गैरहेको प्लेयर अन्नोवन ब्याटल गेम (pubg) का लागी आवश्यक युसी र फ्रिफायरको डायमन्ड नेपालबाटै प्राप्त गर्न चहानेहरूको आवश्यकतालाई मध्यनजर गरी युसी र डायमन्ड पनि उपलब्ध गराउँदै आएको ई-खल्ती को भनाई छ ।

प्रयोगकर्ताहरूलाई निकै सस्तो सेवा शुल्कमा सेवा उपलब्ध गराएकाले ई-खल्ती अहिले सबैको रोजाईमा पर्दै गएको कम्पनीले दाबी गरेको छ ।
प्रयोगकर्ताका समस्या समाधान गर्न र जिज्ञासाहरू मेटाउन ई-खल्ती को सामाजिक सञ्जाल फेसबुक हरपल तत्पर रहेको दाबी कम्पनीको छ ।

के हो ई-खल्ती

नेपालकै पहिलो अन्तराष्ट्रिय आर्थीक कारोबार गर्ने वालेटको रुपमा छवि स्थापित गर्न सफल ई-खल्ती एउटा इलेक्ट्रोनिक ट्रान्ज्याक्सनल साइट हो । जसको सहायताबाट इन्टरनेटको प्रयोग गरी घरमै बसीबसी बिभिन्न आर्थिक गतिविधीहरूलाई विद्युतीय माध्यमबाट सञ्चालन गर्न सकिन्छ ।

पेपाल, पर्फेक्ट मोनी, पेइयर, स्क्रिल जस्ता अन्तराष्ट्रिय डिजिटल मोबाइल वालेटसंगको सहकार्यले नेपालमा पहिलो पटक अन्तराष्ट्रिय कारोबार को स्वरुप भित्राएको इ-खल्तीमार्फत् बिल भुक्तानी, रिचार्ज, अन्तराष्ट्रिय मुद्रा बिनिमय लगायतका कार्यहरू गर्न सकिन्छ ।

Facebook Comments
Tags
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button