खेलकुद

क्रिकेट संघको निलंवन फुकुवा हुने संभावना

क्रिकेट विवाद समाधानको अपेक्षासहित

आन्तरिक विवादमा अल्मलिएका कारण अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले निलंवन गरेको नेपाल क्रिकेट संघ क्यान निलंवन फुकाउन कँसिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते हुने भएसंगै क्यानको निलंवन फुकुवा हुन सक्ने संभावना बढेको छ ।
    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधि इमरान ख्वाजा र अमर शेख, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल र स्वतन्त्र कमिटीका कानूनी परामर्शदाता राजेश्वर श्रेष्ठसहितको भाद्र ३० गते बसेको बैठकले क्यान निर्वाचनको मिति तय गरेको हो । 
    यसअघि जिल्ला र प्रदेशको निर्वाचन सकिएपछि स्वतन्त्र समितिले असोज ३ र ४ गतेका लागि केन्द्रीय निर्वाचनको मिति तोकेको थियो । तर, त्यसमा राखेपले असहमति जनाएपछि चुनाव हुने÷नहुनेबारे अन्यौल भएको थियो । 
    राखेप सदस्यसचिव सिलवालले निर्वाचनको मिति तय, निर्वाचनलाई कसरी स्वतन्त्र पारदर्शी बनाउने र आइसिसीको बैठकमा क्यानको निलम्बनलाई कसरी फुकुवा गर्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए  । 
क्यानको आन्तरिक विवादका कारण खेलाडीहरूले पाउनुपर्ने सुविधा पुर्णरुपमा प्राप्त गर्न गार्हो भभएको छ भने नेपालले आयोजना गर्ने प्रतियोगिताहरू क्यानले नभै अन्तराष्ट्रिय क्रिकेट परिषद्ले स्वेयम नियमन गर्दै आएको छ । क्यान निलंवन फुकुवाका निम्ती क्रिकेट समर्थकहरूले सामाजिक सञ्जालमार्फत क्यानलाई चर्को दबाब दिँदै आएका छन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button