प्रविधिसमाज

यस्ता छन् भिजिट नेपालका वेब साईट र सामाजिक सञ्जालहरू

नेपाल भ्रमण वर्षलाई सफल पार्न सरकारले विद्युतिय सञ्जालहरू सार्वजनिक गरी सञ्चालनमा ल्याएको छ ।
‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम र लिङ्कडइन आज एक कार्यक्रमका बिच सञ्चालनमा ल्याइएको हो ।
बुधबार काठमाण्डौमा एक कार्यक्रमका बीच ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सम्पूर्ण सूचनाहरुको जानकारी दिने उद्देश्यका साथ तयार पारिएको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालका ह्याण्डलहरुको एकैसाथ शुभारम्भ गरिएको हो
‘नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालयले तयार पारेको वेबसाइटहरुमा www.visitnepal2020.gov.np र www.visitnepalnews.gov.np रहेका छन् । त्यसैगरी सामाजिक सञ्जालको ह्याण्डलहरुमा facebook-nepallifeexperiecces, [email protected]_official, [email protected] रहेका छन् । यसमा नेपाल भ्रमण वर्षका सम्पूर्ण सूचनाहरु समावेश गरिने ‘नेपाल भ्रमण वर्ष–२०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले जानकारी दिनुभयो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button