प्रदेश २

९ कक्षाका विद्यार्थीलाई ९९ ल्यापटप बाँडेपछी..

महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले कक्षा ९ मा अध्ययनरत ९९ जना छात्रछात्रालाई ल्याप्टप वितरण गरेको छ।
शनिबार आयोजित एक कार्यक्रममा नगरपालिकाले श्रीराम माध्यमिक विद्यालयका ७४ र मझौरा माध्यामिक विद्यालयका २५ गरी ९९ जना विद्यार्थीलाई ल्याप्टप वितरण गरेको हो।
संवृद्दिका लागी समानता आवश्यक पर्ने भएकाले विद्यार्थीहरूलाई ल्यापटप वितरण गरिएको प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतलेबताए ।
विश्वका समृद्ध मुलुकहरुमा महिला–पुरुष, दलित–गैरदलित जस्ता विभेद नरहेको उदाहरण दिँदै मुख्यमन्त्री राउतले समृद्धिको लागि सबै प्रकारको विभेदको अन्त्य हुन जरुरी रहेको बताए। विभेद अन्त्य गर्ने उद्देश्यका साथ प्रदेश सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम संचालन ल्याएको उनको भनाई छ ।
विद्यार्थीहरूको प्राविधिक दक्षता अभिबृद्दी गर्ने उद्देश्यले ल्यापटप वितरण गरिएको मटिहानी नगरपालिकाले जनाएको छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button