राजनीतिसमाजसुदुरपश्चिम प्रदेश

२ लाख खाल सहित जुवाडे समातिएपछी….

दशै शुरु नहुदै बझाङ जिल्लामा जुवाडे पक्राउ पर्न थालेका छन् । दशै शुरु हुन अझै एक साता बाँकी रहँदा बझाङमा जुवा खेल्न शुरु भईसकेको छ।
जिल्ला प्रहरी कार्यालय बझाङले आईतबार राती चैनपुर बजारमा जुवा खेलिरहेका पाँच जनालाई पक्राउ गरेको छ। पाँचजना जुवाडेलाई २ लाख नगद सहित जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
जिल्लाको सदरमुकाम चैनपुरमा रहेको मान बहादुर बोहराको घरमा जुवा खेल्दै गरेको अवस्थामा नगद २ लाख १९ हजार ५ सय ७२ सहित जुहाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गणेश बहादुर बमले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा सुर्मा गाउँपालिका वडा नम्बर १ का ४० बर्षिया मान बहादुर बोहरा, वडा नम्बर २ का ३८ बर्षिया शेर बहादुर बोहरा, हुम्ला जिल्ला सिमिकोट गाउँपालिका ३ का ३९ बर्षिया फन्जुङ लामा रहेका छन्।
यसैगरी पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका वडा नम्बर ८ का ४० बर्षिया मंगल बोहरा र सुर्मा गाँउपालीका १ का २८ बर्र्षिया देवचन्द बोहरा रहेको प्रहरीले जनाएको छ।
गएराति १२ः३० बजेको समयमा जुवा खेल्दै गरेको अवस्थामा उनिहरु पक्राउ परेका हुन। अहिले पाँचै जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन्। उनीहरुलाई जुवा ऐन अनुसार कार्वाही गरिने प्रहरी प्रमुख बमले बताए।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button