गण्डकी प्रदेश

थानकोट–नागढुङ्गा सडकखण्डमा ओभरटेक गर्न नपाइने

त्रिभुवन राजपथको नौविसे नागढुङ्गा त्रिभुवन राजपथको धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ९ स्थित नौविसे नागढुङ्गा नो ओभरटेक जोन घोषणा गरिएको छ । दशैं तिहार र छठको अवसरमा सवारी चाप बढ्ने हुँदा जिल्ला प्रसासन कार्यालय धादिङ, जिल्ला प्रहरी कार्यालय धादिङ र ट्राफिक प्रहरीको सयुक्त प्रयासमा नो ओभरटेक जोन घोषणा गरीएको हो ।

साँघुरो सडक र खाल्डा खुल्डी भएपछि सधै जसो त्रिभुवन राजपथ जाम हुने गरेकाले सवारी साधनले ओभरटेक गर्दा दुर्घटना बढ्ने भएपछि नो ओभरटेक जोन घोषणा हो ।

दैनिक दश हजार भन्दा बढी सवारी त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने र बाहिरिने गर्छन् । अहिले नौविसे नागढुङ्गा सडक भिजन कन्ट्रक्सन र जिएमआर नेपालको जेभिले पिच गर्ने काम गरीरहेका छन् ।

पिचको काम भएकाले सवारी जाम अध्यधिक बढेको छ । नेपाल सरकार ले २५ मिटर दायाँ वाँया सडक अधिकरण गरे पनि सडक बढाउने काम नहुँदा सवारी यात्रुले जामको हैरानी खेप्नु परेको हो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button