सम्पादकिय

सम्पादकीय : पाप नै पाप बोकेर बिदा हुने भो दूईतिहाईको सरकार !

यौटा मृगौलाको रोगी उपचार नपाएर हैन कि उपचार गर्न आऊँदा करिब एक दिनजति राष्ट्रिय राजमार्गमा जाममा फसेर उपचार नपाई बसको सिट मैं छटपटिंदै कठोर मृत्युवरण गर्नपुग्छ। छेऊमैं जन्म दिएकी आमा छिन। आफूले दशधारा बगाएर जीवन अनि जगत देखाएकी ती आमाले आफ्नै काखमा उपचार पाऊन नसकेर मृत्युवरण गर्नपुगेको त्यो छोराको लास देख्दा ति आमाको मुटु के नफुटेको होला र? सोंच्न सक्छौं हामी कि ती आमाको मुटुभित्र भित्रै कस्तो पहिरो बगिराखेको होला?

सडक जाम थियो। गाडी अंघाढि बढ्न सकेनन। एम्बुलेन्स बुक गरेर जाने पैसा थिएन। जब सडक नै जाम भए एम्बुलेन्सले पनि कहाँ बाटो पाऊँथ्यो होला र?

मृगौलाको बिमारी छोरा बोकेर आमा रौतहटको गौर नगरपालिका- ७ बाट काठमाण्डौ जाने बस समात्छिन। यौटी अवोध आमालाई के थाहा थियो होला र आफूले काखमा लिएर स्तनपान गराएको छोरालाई उपचार पनि गर्न नपाई आफ्नै काखमा मृत्युवरण गराऊनुपर्ला भनेर। यौटि अवोध आमाको जिवनमा योभन्दा खिन्न र भष्मासुर दिन अरु कुनै होला र?

दुबै मृगौलाले काम नगरेपछी रौतहट गौर नगरपालिका ७ का ३५ बर्षिय रुपलाल शाहलाइ एम्बुलेन्समा ल्याउन पैसा अभाव भएपछि सार्वजनिक यातायात मार्फत डाइलासिसको लागि काठमाण्डौ ल्याइदै थियो ।

अन्नपूर्ण पोस्टले सार्वजनिक गरेको यो तस्विर हिजो गल्छी नागढुंगामा लगभग १२ घन्टा जति जाममा फसेर उपचार गर्न नपाई मृत्युवरण गरेका रुपलाल शाह र उनकी आमा सृजनदेवीको हो। यौटा मुर्दा छोरो छेवैंमा राखेर पनि अडिनसक्ने क्षमता कसले दियो सृजनदेवीलाई? सायद ईश्वरले नै त्यो शक्ति प्रदान गरेका छन।

तस्विर हेर्दा आफ्नै आत्मामा रिंगटा चल्छ। आङ्ग सिरिंङ्ग हुन्छ। सायदै यो तस्विरले यो देशका शाषकको मन छुँदोहो। यो देशका शाषकलाई देश स्विटजरल्याण्ड र सिंगापुर बनाऊंदैमा फुर्सत छैन। यतातर्फ सायद नै नजर जाला र यस्ता घटनाले असर पनि नपार्ला।

गुदी कुरो त के हो भने- नेपालका शाषकहरु पापै पापले कुण्ठिएका छन। यौटा सामान्य मृगौला रोगी नागरिक राष्ट्रिय राजमार्गमा १२/१२ घण्टा जाममा परेर अस्पतालसम्म पुग्न नपाई बाटैमा मृत्युवरण गर्नपुग्छ भने यो देशका पापी शाषकहरु सडकमात्र होईन, हुँदाहुँदा आकाशसमेत कब्जा गरेर, सडक र आकाशलाई मसानघाटमा रुपान्तरण गरेर आफ्नो सुन्निएको घाँटीको उपचार गराऊन जान्छन।

पाप धुरीबाट अवश्य कराऊनेछ ए, शाषकहरु ! पोल्छ। पोल्नेछ अवश्य तिमिलाई र पोलिरहनेछ। रुपलाल शाहको आत्माले झनै पोल्नेछ जसले बिमारी हुँदाहुँदै पनि अस्पताल नै देख्न पाएनन।

काठमाण्डौ-हेटौडा सुरुङ्गमार्ग अलपत्र छ। नागढुंगा- नौविसे सुरुङ्गमार्ग अलपत्र छ। बिबादै बिबाद छ। यता चाहिँ चरम जाममा फसेर यौटा मृगौला रोगीले सडकमैं देह त्याग गर्छ भने यो गणतान्त्रिक देश नेपालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु सडकलाई मसानघाट र आकाशमा ताण्डव मच्चाऊँदै विदेश हानिन्छन आफ्नो ज्यान र जिवनको मूल्य गन्नकै लागि।

हुन त अंस्तीभर्खर राष्ट्रपति, प्रधानमन्त्रीलगायत अति विशिष्ठको विशेष सवारीकै लागि अर्वौं खर्च गरेर विशेष हेलिकप्टर पनि आएको छ क्यारे लोकतान्त्रिक गणतान्त्रिक मुलुक नेपालमा- सायद रुपलाल शाह र उनकी आमा सृजनादेवी शाहलाई थाहा नभएको पनि हुनसक्छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button