कर्णाली प्रदेश

दैलेखमा जीप दुर्घटना, दुईको मृत्यु

दैलेखमा भएको जीप दुर्घटनामा परी दुई जनाले ज्यान गुमाएका छन् ।
शुक्रबार राति दैलेख सदरमुकामबाट उमका लागि जाँदै गरेको भे १ ज ३९९१ नम्बरको यात्रुवाहक जीप दैलेखको डुंगेश्वर गाउँपालिका–२ उम गाउँको भतेल्ना भन्ने ठाउँमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका इन्चार्ज प्रहरी नायब उपरीक्षक(डीएसपी) हरिबहादुर ओलीका अनुसार मृत्यु हुनेमा डुंगेश्वर गाउँपालिका–२ उम गाउँकी ७१ वर्षीया चन्द्रकला ओली र ९ वर्षीय बालक दमन बुढा रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उम गाउँका २८ वर्षीय लोकेन्द्रबहादुर थापालाई राति नै सुर्खेत पुर्‍याइएको र गाडी मालिक उम गाउँकै ३८ वर्षीय इन्द्रबहादुर थापा गाउँकै मेडिकलमा सामान्य उपचारपछि घर फर्किनुभएको बताइएको छ ।
गुराँस गाउँपालिका–४ तालपोखरी घर भएका २६ वर्षीय चालक सुरेश बिक दुर्घटनालगत्तै फरार भएकोले चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button