व्यक्ति बिशेष

सन्दुक रुईतको जीवनी लोकार्पण

आँखा सर्जन डा. सन्दुक रूइतको जीवनी सन्दुक रूइत लोकार्पण गरिएको छ । काठमाडौं धुम्बाराहीस्थित होटल अकामामा शनिबार आयोजित एक विशेष समारोहमा २१ वर्षसम्म पूर्ण दृष्टिविहीन भएर डा. रुइतले गरेको शल्यक्रियाबाट दृष्टि पाएका सल्यानका शिक्षक तोपबहादुर शर्माले पुस्तक लोकार्पण गरे । अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको उक्त किताब लेखक संग्रौलाले नेपालीमा अनुवाद गरेका हुन् । 
कार्यक्रममा शर्माले आफूले २१ वर्षको उमेरसम्म पूर्ण रुपमा दृष्टिविहीन भएर जीवनयापन गर्नुपरेको र यसबीचमा डा. रुइतले आफूलाई नयाँ जीवन दिएको बताए । त्यसअघि आफूले धेरै दुःख पाए पनि डा. रुइतका कारण आफूले नयाँ संसार पाएको उनको भनाइ छ । आफ्नै हातबाट यति महान् डाक्टरको जीवनी लोकार्पण गर्न पाउनु जीवनकै अहोभाग्य भएको उनले बताए । 
साहित्यकार एवं अनुवादक खगेन्द्र संग्रौलाले आँखाका विश्वविख्यात शल्यचिकित्सक डा. सन्दुक रूइत देशकै एक वीर रहेको बताएका छन् ।

शनिबार रुइतको जीवनी सन्दुक रुइत लोकार्पणका क्रममा बोल्दै संग्रौलाले भने, “जसले मानिसको जीवनमा ज्योति भर्न, ऊर्जा थप्न केही गर्छ, त्यो वास्तवमै उत्कृष्ट हुन्छ । जो अरुका लागि आफूलाई जोखिममा पार्न तयार हुन्छ, त्यो वीर हो, त्यसैले डा.रुइत नेपालका सांस्कृतिक वीर हुन् ।”

पुस्तकका अनुवादकसमेत रहेका संग्रौलाको भनाइमा, रुइतको जीवनयात्रा बहुआयामिक विशिष्टतायुक्त, प्रेरणादायी एवम् अनुकरणीय छ । “रुइत संसारमा असलमध्ये पनि असल व्यक्ति हुन्, यस्ता उत्कृष्ट मानिसको भव्य जीवन कथा अनुवाद गर्दाका क्षण मेरो जीवनका सुखद र सार्थक क्षण हुन्।”

अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको उक्त किताब संग्रौलाले नेपालीमा अनुवाद गरेका हुन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button