सुदुरपश्चिम प्रदेश

नेकपा अछामको कार्यक्रममा कुटाकुट र कुर्सी हानाहान (भिडियोसहित)

अछाममा नेपाल कम्युनिष्ट पार्टि पञ्चदेवल विनायक नगरकमिटीको सपथ ग्रहण कार्यक्रममा झडप भएको छ। नगरका पुराना नेताहरुलाई पार्टीको कुनैपनी तहमा नसमेटिएको भन्दै केहि नेता कार्यकर्ताहरुले पार्टीका जिल्ला अध्यक्ष शेर बहादुर कुँवर र जिल्ला सचिब झपट साउदमाथि चर्को नाराबाजी गरेका हुन। कार्यकर्ताले उनिहरुमाथि कुर्ची प्रहार गरेका छन्।
झडपका क्रममा ४ वटा कुर्ची भाचिएको नेकपाका एक नेताले बताए। स्रोतका अनुसार पार्टी नेता शेर बहादुर बुढा, जानकी रावल लगायतलाई पार्टीको भुमिका विहिन बनाएको भन्दै कार्यकर्ताहरु झडपमा उत्रिएका थिए। अहिले स्थिति सामान्य छ। प्रहरीको सहयोगले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

भिडियो

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button