बुटवल देवीनगरको नेपाल अपाङ्ग आश्रममा अक्षयकोष स्थापना

जागरणपोस्ट १९ आश्विन २०७६, आईतवार १६:४०

बुटवल, १९ असोज । बुटवल ११ देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा अक्षयकोष स्थापना तथा एकदिने भोजन कार्यक्रम भएको छ । आश्रममा आश्रित ३२ जना अपाङ्ग बालबालीका तथा वृद्ध वृद्धालाई लक्षित गरी सो कार्यक्रम गरिएको हो । दशैँको अष्टमीको दिन पारेर बुटवल १५ सेम्लारमा रहेको श्री दुर्गा भवानी आमा समुहको आयोजना तथा स्थानीय क्लब तथा समाजसेवीको सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।

आमा समुहकी अध्यक्ष रमा पौडेल पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी वडा नागरिक मञ्चका पूर्वाध्यक्ष वेधानिधि रिजाल, नव पञ्चरत्न युवा क्लबका अध्यक्ष जय मंगल भुसाल, समाजसेवी राम प्रसाद भुसाल, क्या. भुवन बहादुर खत्री, जोग बहादुर विक, कार्यक्रम संचालक गंगा नेपाल, लगायतले बोल्दै दशैंको अवसर पारेर यस्ता कार्य गर्नु सराहनीय रहेको बताउनुभयो । उहाँहरुले यस्ता आश्रममा आश्रित बालबालीका तथा वृद्ध वृद्धालाई हेर्ने दायित्व सरकारको भएपनि चासो नदिएकोमा दुख व्यक्त गर्नुभयो । साथै सरकार आफ्नो दायित्वबाट पन्छे पनि यस्ता संघसंस्था, समाजसेवी तथा सहयोगी भावना भएका व्यक्तित्वले समाजका लागि राम्रो काम गरिरहेको बताउनुभयो ।

नेपाल अपाङ्ग आश्रम वि.सं २०६७ सालमा स्थानीय डोल बहादुर रामदाम, प्रविन भुसाल र हाल आश्रमको सचिवको पदमा रहनुभएकी विमला गौतमले बुटवल ११को होराईजन चोकमा एउटा भाडाको कोठाबाट सुरु गर्नुभएको थियो । विभिन्न दुख कष्ठ झेल्दै आज आफ्नै एउटो टहरोमा आएर असहाय तथा अपाङ्ग बालबालीका तथा वृद्धवृद्धालाई सहाराको रुपमा आफूलाई पाउँदा हर्ष लागेको सचिव विमला गौतमले बताउनुभयो ।

कार्यक्रममा बोल्दै श्री दुर्गा भवानी आमा समुहकी अध्यक्ष रमा पौडेल पराजुलीले आफ्नो दैनीक फजुल खर्च गर्नुभन्दा र विभिन्न मठमन्दिरमा गएर धर्म कामएको छु भन्नुभन्दा यस्ता सामाजीक काम गरेमा धर्म हुने भएकाले सो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । साथै नगर भित्रका अन्य आश्रम भन्दा सो आश्रमको अवस्था नाजुक रहेको बताउँदै उहाँले सो आश्रमको पूर्वाधार विकासमा आफूहरु निरन्तर लागिरहने प्रतिबद्धता जनाउनुभयो । र अन्य संघसंस्था तथा समाजसेवीलाई पनि सहयोग गर्न आग्रह गर्नुभयो । हाललाई आश्रममा अपाङ्ग मैत्री शौचालय र सुरक्षित भवनको आवश्यकता महसुस गरिएको छ ।

त्यस्तै आमा समुहद्धारा आश्रममा १० हजार १ सय १५ रुपैँयाको अक्षयकोष पनि स्थापना गरिएको छ । सो रकम आमा समुहकी अध्यक्ष रमा पौडेल पराजुली र प्रमुख अतिथी वेधानिधि रिजालले आश्रमकी सचिव विमला गौतमलाई हस्तान्त्रण गर्दै आगामि दिनमा थप सहयोग गर्दै जाने विश्वास दिलाउनुभयो ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६