प्रदेश २

आलम भन्छन : बम पड्किएकै होईन, मान्छे मरेकै होईनन

बम बनाउँदै गर्दा पड्केर घाइते भएकाहरूलाई इँटाभटामा ज्युँदै पोलेर मारेको आरोप लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमले घटना नै नभएको दाबी गरेका छन्।

दोस्रोपटक आइतबार म्याद थप भई जिल्ला अदालत रौतहटबाट बाहिरिँदै गर्दा पत्रकारहरूको प्रश्नमा संक्षिप्त जवाफ दिएका आलमले भने, ‘घटना भएकै होइन। घटना नभएकै कारण महान्याधीवक्ताको कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको थियो, त्यही नै सत्य हो।’

आलमको बयान नसकिएकोले पाँच दिनको म्याद थप भएको छ। उनीविरूद्ध २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएकाहरूलाई ज्युँदै पोलेर मारेको आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान गरिराखेको छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button