अन्तर्वार्ता

सिम्पल सारी र बिना मेकअपले पनि सबैले मलाई ब्यूटी नै भन्छन

जीपी कलेज र आईएसटी कलेज ज्ञानेश्वरमा लेक्चरलसमेत रहेकी जया ओझा वास्तवमा एक कुशल लेखिका पनि हुन। विभिन्न टेलिशृङ्खला र चलचित्रहरुको स्कृप्टसमेत लेखिसकेकी जयाको पछिल्लो उपन्यास आवरण पनि सार्वजनिक भैसकेको छ। विशेष गरेर समाजले तेस्रोलिंगी भनेर ठम्याएका ब्याक्तिको ब्याक्तिगत एवं सामाजिक जिवन, सामाजिक पाटो, संघर्ष र घृणाको कथाहरुलाई समेटेर तयार पारिएको जयाको पुस्तक `आवरण´ बजारमा निकै चर्चित पनि भैसकेको छ। एन्टेना फाऊन्डेसनसंग आवद्ध जयाले ब्रासलेट, कवचजस्ता नेपाली कथानक चलचित्रदेखि लिएर परिवन्द, प्रहरी अनुरोधजस्ता टेलीचलचित्रहरुको स्कृप्टसमेत तयार पारेकी छिन। जीवन जिवनपयोगीको लागि अनेकन संघर्षका बाटोहरु रहेको बताऊने जया आफ्नो जिवनमा अझ धेरै संघर्ष गर्न बाँकी रहेको बताऊंदछिन। प्रस्तुत छ, अनेकन संघर्षको पर्याय बनेकी तिनै जयासंग जागरणपोस्ट को विशेष शृङ्गखला `जागरण संवाद´ मा जयासंगको पहिलो अन्तरंग कुराकानीका केहि अंशहरु:

अलिक पहिला उज्यालो फल्चामा हजुरको कुराकानी सुनिसकेपछि मलाई चाहिँ हजुरको ब्याक्तिगत जिवनको बारेमा जान्ने रहर थियो, आज हजुरसंग प्रत्यक्ष कुराकानी गर्न पाईयो। यस अवसरमा हजुरले भन्न चाहेका केहि कुराहरु?

हजुरले मेरो ब्याक्तिगत जिवनको बारेमा के पो बुझ्न चाहनुहुन्छ र? सोध्नुहोस न त। खुला कितावझैं जिन्दगीमा के पो ब्याक्तिगत कुरा रहलान र? तैपनि भनौं न, हरेक ब्याक्तिका नितान्त ब्याक्तिगत अनि सामाजिक प्रतिष्ठाका कुराहरु भिन्नै हुन्छन। हजुरले मबाट बुझ्न खोज्नुभएको कुरा आफ्नो जागरणपोस्टमा सहजै प्रकाशित गर्न सक्नुहुनेछ। मेरो ब्याक्तिगत जीवन खुल्ला कितावझैं छर्लङ्ग छ।

सेलीब्रेटिहरुमध्ये पनि कतिपयले भन्ने कुरा नै यहिं हो कि मेरो जीवन साधारण र संघर्षपूर्ण छ भनेर। तर, कुन संघर्ष पार गरेर आएँ भनेर कसैले भन्दैनन। यसमा तपाईं पनि पर्नुहुन्छ?

त्यस्तो होईन। म सेलीब्रेटि पनि होईन। मैले अध्यापन गराऊँछु। म मा यौटा समाज सुधारको दायित्व पनि छ। मैले गर्ने हरेक कृयाकलापको छाप मेरा विद्यार्थीमा पनि पर्दछ। त्यसैले म के गर्नुपर्छ र के गर्नुहुन्न भन्नेकुरामा हमेसा सचेत रहंदै आएकी छु। बाँकी संघर्षका कुरा त तपशिलका कुरा न हुन। संघर्ष नगरि मान्छे कसरी अंघाढि बढ्छ र?

कलाक्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ, सौन्दर्य र पहिचानलाई संगै अंघाढि बढाऊनुभएको छ। यौटि सुन्दर नारीले कलेजमा पढाऊंदै गर्दा कहिलेकाहिं असहज महसुस गर्नुभाछ?

बिजय जि, सबैभन्दा ठूलो कुरा अनुशासन हो। नियम हो। देशको लागि संविधान र कानून किन बन्छन भन्दा समग्र देशलाई आफ्नै कानूनले छोप्नको लागि। त्यस्तै हरेक निकाय र संस्थाका आफ्नै नियम हुन्छन, कानून हुन्छन। तिनै नियम र कानूनभित्र रहेर हामीले आफ्ना दैनिकीहरु सम्पन्न गर्नुपर्दछ। नियम तोड्ने सबैलाई कानून त लाग्छ। चाहे देशको होस या संस्थाको।

जस्तै जया जि, हुन्छ नि कतिपय उच्छृङ्खलहरुद्वारा भनेको नमान्ने, अर्थको अनर्थ लगाऊने या नटेर्नेजस्ता समस्या पनि आईलाग्छन। यस्ता समस्याको सामना कसरी गरिराख्नुभाछ नि?

एक त म पेशाप्रति कटिबद्ध हुनाले मैले ऐलेसम्म त्यस्ता समस्याका सामना प्रत्यक्षरुपमा गरेकी त छैन। तर, भित्रभित्र कुरा त हुन्छन होला, त्यसलाई म मतलव गर्दिन। अर्को कुरा, हजुरले उठान गर्नुभएको बिषय पनि एकदम जायज नै हो। महिला शिक्षिकामाथी अझैपनि लान्छना या कुरा काट्ने धेरै छन स्कूलदेखि लिएर समाजसम्म। यो यौटा मनोवैज्ञानिक समस्या हो बिजय जि।

हामी जागरणपोस्टको विशेष शृङ्खला जागरण संवादमा छौं। यस बसाईंमा हामी कतिपय जीवन सौन्दर्यका बिषयमा पनि संवाद गर्ने गरेका छौं। हजुरसंग पनि जीवन र सौन्दर्यका कतिपय प्रश्न सोधिनेछन।

हस, पक्कै पनि सोध्नुहोस न !

तपाईंको अनुहार र तपाईंको पहिरनबिचको तारस्म्य के होला जया जि?

यसको मतलव अनुहारसंग पहिरन मिलेको छ भन्न खोज्नुभएको हो कि हैन भन्न खोज्नुभएको? म त आफ्नो रुचिअनुसारको लगाऊँछु। सुहाऊँछ या सुहाऊँदैन भन्ने देख्नेले मूल्यांकन गर्ने हो हैन र?

त्यो अवश्य पनि हो जया जि। मान्छेका रुचि अनेकन हुन्छन। तिनै रुचीहरुमध्ये पनि यौटा अपनत्व झल्किने सुझाव यहाँबाट?

पहिरनले मान्छेको पहिचान दिन्छ। मान्छे असल खराव को हो- पहिरन र उसको शरिरको हाऊभाऊले बताऊंदछ। मान्छेका रुचि अनेकन छन। मान्छे कसरि अरुभन्दा फरक देखिऊँ भन्ने होडमा कहिलेकाहिं अप्रत्याशित दूर्घटनामा पनि परिन्छ। आकर्षक र सादा पहिरन मेरो रोजाईका बिषय हुन।

कसैले जया भन्दा तपाईंले आफ्नो परिचय कसरी दिनुहुन्छ?

जो जसले मलाई पहिचान गर्दछन। जस्तै म यहिं नै हुँ भन्ने पनि हैन, जस्तै म अध्यापन गर्छु। भने मेरो परिचय अध्यापिका पनि भयो। त्यसैले मान्छेले आफ्नो परिचय आफै तय गर्ने हो, अर्काले बताईदिने होईन। निरन्तरको संघर्षले नै परिचय स्थापित हुन्छ भन्ने मेरो मान्यता हो।

उदाहरणको लागि पेशा, जागिर या सार्वजनिक व्याक्तित्व?

मलाई टिचर भन्नसक्छन। म उपन्यास पनि लेख्छु। म फिल्म खेल्छु। मैले अध्यापन गराऊँछु। कुन परिचयले म चिनिने त? संघर्ष त आखिर संघर्ष नै हो।

कुन स्कुल र कस्तो विषयमा अध्यापन गराऊनुहुन्छ नि यहाँले?

जिओएए कलेज सिफल र आइएस टि कलेज ज्ञानेश्वरमा मास्टर्स डिग्रीलाई पढाऊँछु, ब्याचलर्सं ११ को लाई नेपाली बिषय पढाऊँछु। दुवै क्लासलाई मैले पढाउने बिषय भनेको नेपाली हो। यसका अलावा मेरो यौटा आवरण नामको उपन्यास पनि प्रकाशित छ।

तस्विरमा हेर्दा हजुर कामूक पनि देखिनुहुन्छ, अनुहार र पहिरन हेरेर तपाइंका कलेजका विद्यार्थीले टिकाटिप्पणी गर्दैनन

कुन आधारले कामूक भन्नुभो, त्यो मलाई थाहा छैन, तर म त्यहाँ आऊने शिक्षिकाभन्दा अत्यन्तै सिम्पल सारी र मेकअपमा जान्छु। आजसम्म सेक्सी शब्द प्रयोग गरेको थाहा छैन, सवैले ब्यूटी र स्मार्ट नै भन्छन

हजुर, अवश्य पनि जया जि। हाल के मा ब्यस्त हुनुहुन्छ नि? अध्यापन मात्रै कि अन्य कुनै लेखन या अभिनय?

मैले लेखेको भाग्य आ आफ्नो सिरियल अहिले टेलिकास्ट भैरहेको छ। त्यसै गरि डकुड्रामा सुशासनजाइकाको प्रोजेक्ट पनि लेखेकी छु । थारु भासाको टेलिफिल्म जलगेदा र नगरपलिकाको फोहोर ब्वबस्थापन सम्बन्धी टेलिफिल्म पनि नेपाल टेलिभिजन बाट प्रसारण भैसकेको छ । यसका साथै अहिले तत्काल शिक्षा मन्त्रालयको एजुकेशन सम्बन्धी आर्ट मुभी लेखिरहेको छु । यहि बर्ष एउटा नोबेल प्रकाशनको तयारी मा छु

हजुरका हरेक सामाजिक पोष्टहरु नियाल्दा मेरो अन्दाजले हजुरलाई ब्यूटि नै भन्दछ, स्मार्ट त सायद केटालाई भन्दाहुन। तैपनि यो सौन्दर्यता र कलेजको पढाईमा कत्तिको अन्तर्य त?

स्मार्टको अर्थ लिंगभेद नहोला।

हुन्न, हाम्रो बुझाईमा नै गलत छ या कतै हामी आफै गुमराहमा त छैनौं?

गुमराह भन्दा पनि हामी आफै आफ्नो जिवनको सौन्दर्यता देख्न र बुझ्न सकिराखेका छैनौं। यसै अन्योललाई नै गुमराह भनौं, चेतनाशून्य गुमराहचाहिं होईन नि !

फिल्मदेखि लिएर अध्यापनसम्म आईपुग्दा यौटि नारीको सौन्दर्यताले कहाँ कस्तो प्रभाव पार्दोरहेछ त?

सौन्दर्यको पछि किन लाग्नुभएको छ त?

तपाईं आफूलाई ब्यूटि र स्मार्ट भन्न रुचाऊंनुहुन्छ, सायद स्मार्ट शव्द महिलाको लागि पनि प्रयोगमा ल्याईएला र?

देख्नेहरुले ब्यूटि छेस भन्छन। म आफैले आफैलाई स्मार्ट सम्झिन्छु। यो मेरो संघर्षले आर्जेको यौटा परिचय पनि हो।

हजुरले आफूले आफैलाई स्मार्ट सम्झिंदैगर्दा म यौटा केटाले केटालाई ह्याण्डसम नै भनौं त?

हजुरको बुझाईमा भर पर्ने कुरा हो। को ह्याण्डसम छ र को ब्यूटि छ भन्ने कुरा हेराईमा पनि भर पर्दछ। फेरि सबै मान्छेका हेराई एक पनि त नहोलान?

सौन्दर्य के हो र तपाईं आफ्नो सौन्दर्यलाई आफै कसरी मूल्यांकन गर्नुभाछ?

जो नाशवान छ त्यो सौन्दर्य हो। नाश नै हुँदैन भने त्यसको महत्व पनि नरहला। मलाई लाग्छ मेरो शरीर पनि नाशवान छ। क्षणिक सौन्दर्यमा मलाई रत्तिपनि घमण्ड छैन।

यौटी नारीको सौन्दर्यको पछि धेरै मान्छे कुंदेको देखिन्छ, हजुरलाई त्यस्तो लाग्दैन?

जिन्दगी र संसार नबुझ्नेहरु लाग्छन।

जिन्दगीका उतारचढावमाझ मान्छे चिन्नुपर्यो भने नि?

हरेक मान्छेको जीवनको दुई वटा मुहार हुन्छ । एक मुहार जो आत्माको एक अंश हो त्यो आफै भित्र लिएर बाच्छ । अर्को त्यो जो केवल दुनियाँलाई देखाउनका लागि प्रयोग गर्छ । जसमा जसरी हुन्छ आफूलाई सहि र पर्फेक्ट बनाउन तल्लिन रहन्छ ।

सहि गर्दै छु भन्ने आत्मविश्वास्ले अपराध नै गरे पनि खुसी हुन सक्छ तर म गलत गर्दै छु भन्ने सोच राखेर प्रेम गरे तापनि खुसी हुन सकिदैन ।

जीवन र प्रेमको बारेमा यहाँको धारणा?

जीवन जति जटिल सम्झियो उति नै जटिल हुँदैजान्छ भने जिवनमा जिवनकै रंगहरु समेट्न सकियो भने त्यस्तो जिवनले अरुलाई पनि खुशी दिन सक्तछ। फेरि जिवनमा प्रेम चुम्वक जस्तै हो, नजिक रहदा आकर्षण र टाढा हुँदा विकर्षण हुँदै जान्छ। जीवन र प्रेमको सम्बन्धलाई तनावमा होईन, आनन्दमा बिताऊनु नै श्रेयस्कर होला।

अवश्य पनि, यसमा हाम्रो कुनै प्रतिक्रिया रहेन, यौटा छोंटो उमेरमैं यतिविघ्न सफलता हात पार्नुमा तपाईंको संघर्षको पाटो नि?

धेरै छन। धेरै सामना गरेकी छु। यौटी संघर्षशिल नारीको जिवनमा आईपर्ने सबै कुराको अनुभव छ।

भन्नुहोस कृपया, म एकीकृत गर्नेछु।

सबैकुरा लेखियो भने यौटा ईतिहास बन्छ, यति बुझ्नुहोस, मेरो जीवन सरल थिएन। मेरो बाटो सहज थिएन, मलाई हात समाऊने कोहि थिएन, बरु हिंड्दा ठक्कर दिने र लडाऊने धेरै भए। म आफै उठें आफै हिंडे। आज आफ्नै संघर्षले देश चिन्न सफल भएँ, देशलाई चिनाऊन सफल भएकी छु।

यहाँसंगका अन्तरंग कुराकानीका सार धेरै नै छन। कतिपय ब्याक्तिगत जिवनका परिधि पनि हुन्छन। हामी ती नितान्त व्याक्तिगत जिवनका पाटोहरु अवश्य पनि खोतल्नेछैनौं। अन्त्यमा जया जि, जीवन के हो र कसरी संघर्ष गर्नुपर्दोरहेछ त?

जीवन भोगाई हो, जसले भोगाईबाट जे अनुभव गर्छ, हरेक परिस्थितिको सामना गरेर दु:खलाई अंगालेर दु:ख पनि जिन्दगीको यौटा पाटो हो भनेर संकल्प गर्छ, ऊ अवश्य सफल हुन्छ। सुखको आयु नभएजस्तै दुखको पनि आयु हुँदैन। तर, संघर्षदेखि भाग्ने मान्छे कहिल्ल्यै सफल हुन सक्तैन।

हवस, यहाँसंग जागरणपोस्टको विशेष बसाई रमाईलो लाग्यो। यहाँको संघर्ष अनि लक्ष्यले अझ धेरै उंचाईं प्राप्त गरुन्, हाम्रो शुभकामना पनि छ। आगामी दिनमा यहाँसंग फेरि पनि यस्तै अन्तरंग कुराकानी गर्ने अवसर मिल्नेछ। समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद !

हजुरलाई पनि धेरै धेरै धन्यवाद बिजय जि, साथै यहाँले संचालन गर्नुभएको डिजिटल अनलाईन पत्रीका जागरणपोस्ट डट कम को उत्तरोत्तर प्रगतिको कामना पनि छ।

प्रस्तुती: बिजय ज्ञवाली

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button